सञ्चार क्षेत्र लैंगिक हिंसा न्यूनीकरणमा अझ शसक्त बन्नु पर्नेमा जाेड

१६ मंसिर २०८०, झापा– नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा शनिवार बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
अन्तरक्रियाका सहभागीले लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्र अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । लैंगिक हिंसा न्यूनीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले यसका लागि सबै सरोकारवालाहरुबीच सहकार्य समेत जरुरी रहेको औल्याएका छन्  । हिंसापीडितलाई न्याय दिन र पीडकलाई कानूनी कठघरामा ल्याउन सक्नुपर्नेमा उनीहरुको जोड रहेकाे छ ।
अन्तरक्रियाको उद्घाटन प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले हिंसाको मुख्य कारण विभेद भएको बताउँदै मानिसको सोच र व्यवहारमा परिवर्तन ल्याउन जरुरी भएको बताउनु भएकाे छ । उहाँले सरोकारवालाहरु एकजुट भई समाजमा सचेतना अभियान अघि बढाउनुपर्ने बताउनु भयाे ।

झापाको लैंगिक हिंसाको अवस्थाको विश्लेषणात्मक तथ्यांक जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले प्रस्तुत गरेका गर्नु भएकाे छ । उहाँले पीडितले सत्य कुरा नबताउँदा, उजुरी फिर्ता लिँदा, उल्टो बयान दिँदा, सहमतिको नाममा प्रमाण नष्ट गराउने प्रबृत्ति, पीडकलाई बचाउन विभिन्न गतिविधि गर्दा पीडितले न्याय पाउन समस्या भएको बताउनु भयाे ।
पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटाले सबैका लागि सञ्चार निष्पक्ष आवाज बन्नुपर्ने जोड दिएका छन् । उहाँले संविधानले दिएको अधिकार स्थापित गर्न सञ्चार माध्यमले वकालत गर्नुपर्नेमा जोड दिनु भयाे ।
महासंघ झापाकी उपाध्यक्ष तथा महिला विभाग संयोजक सुशीला संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता रञ्जिता कार्की, महिला अधिकारकर्मी तथा सामाजिक संस्थाका प्रतिनिधिहरु राधा सुब्बा, पार्वता खरेल विमली, यशोदा उप्रेती, संगीता गिरी, युनिता दवाडी, अधिकारकर्मी दिपक दास लगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ पत्रकार महासंघ झापाको महिला विभागले अन्तरक्रिया आयोजना गरेको थियो । अन्तरक्रियामा विभिन्न क्षेत्रका सरोकारवाला तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नक्कली भुटानी शरणार्थी प्रकरणबारे उच्च अदालतकाे मिश्रित आदेश: केही धराैटी र केही थुनामा रहने
Next post तन्तु प्रजनन् विधिबाट आलुको उन्नत पूर्व मुल विऊ उत्पादनमा जोड (फाेटाे फिचर)