शसस्त्र प्रहरीद्वारा झापामा सिमा स्तम्भ मर्मत तथा रंङराेगन शुरु (फाेटाे फिचर)

१८ मंसिर २०८०, झापा– सिमा सुरक्षार्थ खटिँदै आएका शसस्त्र प्रहरीले सिमा पिल्लर मर्मत तथा रङरोगन गर्न झापामा आज देखि शुरू गरेको छ । काँकडभिट्टामा सोमबार बिहान एक समारोहको आयोजना गरी शसस्त्रले पिल्लर मर्मतको काम शुरु गरिएकाे हाे । कोशी प्रदेशका डिआइजी अञ्जनी कुमार पोखरेलको नेतृत्वमा शसस्त्रले जिर्ण पिल्लर मर्मत तथा रङरोगन गर्न शुरु गरेको छ । मेचिनगर नगरपालिका वडा नं. ७ काे धनकुटे बस्तीमा अवस्थित सिमा स्तम्भ नं. ९१/१ पी.पी. ५५ नम्बरकाे स्तम्भबाट शुरू गरिएकाे हाे । कोशी प्रदेशको ४३० किलोमिटर खण्ड भारतसँग सिमा जोडिएको छ । झापामा मात्र १ सय ४४ किलाे मिटर भूभाग भारतसँग जाेडिएकाे छ ।

झापामा १ सय ७० वटा पिल्लरमा रङगरोगन, १ सय ९ वटामा सामान्य मर्मत, १६ वटामा मध्यम स्तरको मर्मत र ३ वटा पिल्लर पुर्ण रुपले मर्मत गर्नुपर्ने अवस्था रहेको शसस्त्र प्रहरी २ न हेडक्वाटर झापाका शसस्त्र प्रहरी उपरिक्षक देवराज अर्यालले जानकारी दिनु भयाे । देशभर ४ सय ८४ वटा स्तम्भ मर्मत संभार गरिने शसस्त्र प्रहरी बलले जानकारी दिएकाे छ  ।

डिआइजी पोखरेलले डिजिटल सिमाको अवधारणा अपनाइएका कारण अब पिल्लर नष्ट भएपनि त्यसको लोकेशन थाहा हुने बताउनु भयाे । उहाँले धेरै पिल्लर जिर्ण भएका कारण सिमाको बिषयमा बिवाद भइरहेको अवस्थामा शसस्त्रले त्यसको अन्त्यका लागि मर्मत तथा रङरोगन शुरु गरेको बताउनु भयाे । कार्यक्रममा नेपाल र भारतका सुरक्षा अधिकारी, मेचीनगर तथा भद्रपुर नगरपालिकाका प्रमुख तथा वडाध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post तन्तु प्रजनन् विधिबाट आलुको उन्नत पूर्व मुल विऊ उत्पादनमा जोड (फाेटाे फिचर)
Next post भारतीय भन्दा सस्तो र राम्रो स्वदेशी हाइव्रेड मकैकाे उन्तत विऊ पहिचान नहुँदा विऊ उत्पादक किसानलाई समस्या