भारतीय भन्दा सस्तो र राम्रो स्वदेशी हाइव्रेड मकैकाे उन्तत विऊ पहिचान नहुँदा विऊ उत्पादक किसानलाई समस्या

१९ मंसिर २०८०/डिकेश लामा

४ बर्षको मेहनत पछि झापाको गौरादहमा पहिलो पटक कोशी प्रदेशमै बृहतरुपमा हाइव्रिड मकैको विऊ उत्पादनमा सफलता मिलेको छ । तर स्वदेशी उत्पादित हाइव्रिड विऊले बजार नपाउँदा भने लाखौं रकमको मकैको विऊ प्रयोग विहीन बन्ने अवस्थामा पुगेको छ । नेपालमा समूदाय स्तरमा मकैको हाइव्रिड विऊ उत्पादन थालेको ५ बर्ष भएको छ । देशभर आधा दर्जन हाराहारीका कृषि फार्महरुले हाइव्रिड मकैको विऊ उत्पादन गर्दै आएका छन् । यस अवधिमा झण्डै एक सय मेट्रिक टन हाराहारीमा मात्र हाइव्रिड मकैको विऊ उत्पादन हुँदै आएको छ । तर देश भर झण्डै साढे ९ लाख हेक्टर क्षेत्रफलमा हुँदै आएको मकै खेतीको १५ प्रतिशत क्षेत्रमा भने हाइव्रिड मकैको विऊ रोपिने गरिन्छ । झण्डै ३ हजार मेट्रिक टन हाराहारीमा हाइव्रिड मकैको विऊ खपत हुँदै आएको वरिष्ठ कृषि वैज्ञानिक डा.केशवबाबु कोइरालाले बताउनु भयो । नेपाल कृषि अनुसन्धान परिषदका पूर्व निर्देशक समेत रहनु भएका कोइरालाका अनुसार भारतबाट ठूलो परिमाणमा विऊहरु आउने गरेका छन् । कुनै वेला खोया मात्र फल्ने समस्या पनि राज्यले सूचिकृत गरेका विऊहरु नरोप्ने कारणले भएको उहाँले बताउनु भयो ।

विउ उत्पादन गर्दा राष्ट्रिय मकैबाली अनुसन्धान कार्याक्रमका टालीसँग अनुगमन गर्दै
उन्नत विउकाे भाले र पाथीकाे लाइन मिलाएर राेपिएकाे मकै रामपुर १२

महारानीझोडा साना किसान कृषि सहकारीद्वारा प्रर्वतित नमूना खेतीले भारतीय कृषि वैज्ञानिकहरु झिकाएर समेत हाइव्रिडमा तालिम लिँदै आएको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्याक्रमको सहयोगमा झापाको गौरादहमा संचालित नमूना एकिकृत खेतीले ४ बर्ष देखि हाइव्रिड मकैको विऊ उत्पादन गर्दै आएको छ । यस बर्ष १५ टन झण्डै ४० लाख मुल्य बराबरको हाइव्रिड मकैको विऊ उत्पादन गर्न सफल बनेको छ । तर बजारमा स्वदेशी विऊको माग नभएकाले प्रति केजी ५ सय रुपयाँ पर्ने मकैको विऊ त्यतिकै खेर जाने अवस्थामा पुगेको खेतीका अध्यक्ष वेदनिधी चापागाँईले बताउनु भयो । चापागाईका अनुसार यो बर्ष मकैको सिजनमा अझै ७५ प्रतिशत विऊ विक्री भएको छैन । किसानमा रामपुर कम्पोजिट विऊ हो कि भन्ने भ्रमले विऊको माग नभएको हो । तर अहिले खेतीले उत्पादन गरेको विऊ भने रामपुर १२ र १६ रहेको उहाँले बताउनु भयो । यी विऊहरु भनेको नेपालको नयाँ उन्नत प्रजातिको अधिक फल्ने विऊ रहेको उहाँले बताउनु भयो । झापामा ४ सय टन भन्दा धेरै हाइव्रिड मकैको विऊ खपत हुन्छ । तर आफूहरुसँग भएको १५/१६ टन उन्नत विऊ खरिदमा स्थानीय पालिकाले समेत चासो नदिएको उहाँको गुनासो छ ।
सरकारले नेपालकै उन्नत विऊ प्रयोग गर्न जोड गर्यो भने भारतबाट आउने विऊ केही मात्रमा भए पनि प्रतिष्थापन हुने उहाँको ठम्याइ छ । यसरी स्वदेशी उन्नत विऊको प्रयोग नगर्ने हो भने विऊमा काम गर्ने किसान तथा कृषि फार्महरुले समेत खेती छाड्ने अवस्था आउँछ जसका काराण कुनै वेला भारतबाट आउने विऊ रोकियो भने नेपाली भूभागको जमिन नै बाँझो रहने अवस्था हुने उहाँले बताउनु भयो । भारतबाट झण्डै २ अर्वको विऊ यतिखेर आयात भइरहेको अवस्थामा स्वदेशमै उत्पादन भएको उत्कृष्ट गुणस्तर विऊ खपत नहुनाले उन्नत विऊ खेतीमा लागेका किसानहरु समस्यामा परेका छन् । यस तर्फ स्थानीय सरकार देखि राज्यले चासो दिनु पर्ने किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शसस्त्र प्रहरीद्वारा झापामा सिमा स्तम्भ मर्मत तथा रंङराेगन शुरु (फाेटाे फिचर)
Next post ठेक्का लिएर काम नगर्ने निर्माण ८ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखियाे