झापामा सरकारको समर्थन मुल्य भन्दा धानको मुल्य उच्च पाए पछि किसानमा उत्साह (फाेटाे फिचर)

३० मंंसीर २०८०/डिकेश लामा

झापामा अघिल्लो बर्ष धानको मुल्य नपाएको किसानले यो बर्ष धानको मुल्य उच्च पाएका छन् । सरकारले तोकेको समर्थन मुल्य भन्दा महँगो मुल्यमा धान विक्री हुन थाले पछि नेपालको सवै भन्दा धेरै धान खेती हुने झापाका किसान उत्साहित भएका छन् । अघिल्लो बर्ष झापाका किसानले यो वेला प्रति मन १ हजार रुपयाँमा धान विक्री गर्न बाध्य थिए । तर यो बर्ष १ हजार ५ सय रुपयाँसम्म धान विक्री गर्न थालेका छन् । मध्यम धानको मुल्य प्रति क्वीनटल ३ हजार ७ सय ५० रुपयाँमा विक्री गर्न पाउँदा किसान खुशी भएका छन् । दमक वडा नं. ३ का किसान टेकेन्द्र विष्टले यो बर्ष एक साता अघि १४ सय ५० रुपयाँ प्रति मन धान विक्री गर्नु भयो । तर त्यही धान अहिले १६ सय प्रति मनसम्म पुगेको छ । केही दिन यता झापामा धान विक्री मुल्य दैनिक बढ्दै गएको दमक वडा नं. १० का अर्का किसान केदार मिश्रले बताउनु भयो ।

यस बर्ष वेलैमा सरकारले मोटा धानको मुल्य ३ हजार १ सय ९८ रुपयाँ र मध्यम धानको ३ हजार ३ सय ६२ रुपयाँ सर्मथन मुल्य तोकेको थियो । तर समर्थन मुल्य भन्दा व्यवसायीले उच्च मुल्य लगाएर धान खरिद गर्न थालेका छन् । मध्यम धानको मुल्य १३ सय ४४ रुपयाँ ८० पैसा प्रतिमन तोकेको भए पनि त्यो भन्दा उच्च मुल्य पाए पछि किसान उत्साहित भएका छन् ।

यो बर्ष अघिल्लो बर्ष भन्दा १ हजार ७ सय ५० हेक्टर थोरै ८५ हजार ७ सय ५० हेक्टरमा धान खेती भएको छ । तर प्रविधि र किसानमा दक्षताका कारण धान उत्पादन बृद्धि हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन कार्यान्वयन इकाइका वरिष्ट कृषि अधिकृत रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार माटो सुधार देखि उन्नत जातको विऊ र प्रविधिको प्रयोग बढ्दै गए पछि उत्पादकत्व पनि बढेको उहाँले बताउनु भयो ।


झापा जिल्लामा यो बर्ष ढिलो बर्षात भएर धान खेतीको क्षेत्रफल भने भने घटेको छ । तर ८ हजार ५ सय ९२ मेट्रिक टन धेरै ४ लाख ३६ हजार ४ सय ६७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पूर्व गृहमन्त्री खाँण थुनामुक्तः अदालत र अख्तियार गरी ४५ लाख धराैटी बुझाइयाे
Next post पक्राउ परेकाहरुक रिहाईको माग गदैं दमकमा यातायात बन्द