राष्ट्रिय जेष्ठ नागरिक दिवशमा दमकले गर्यो सय बर्ष नाघेका ६ जनालाई सम्मान (फाेटाे फिचर)

११ पुस २०८०/डिकेश लामा
दमक नगरपालिकाले आज १ सय बर्ष नाघेका ६ जनालाई सम्मान गरेको छ । तेस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवशको अवसरमा दमक नगरपालिका वडा नं. १ का १०७ बर्षका धनञ्जय घिमिरेलाई नगर पिताको उपाधीले नगर प्रमुख रामकुमार थापाले सम्मान गर्नु भएको छ । पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको प्रमुख आथित्यमा भएको कार्याक्रम सम्मानित व्यक्तित्वहरुलाई विभिन्न राजनैतिक दल, दमक उद्योग बाणिज्य संघ, सामाजिक अगुवाहरुको हातबाट सम्मान गरिएको छ । कार्याक्रममा दमक नगरपालिकाले इतिहासमै नगरेको यो खाले जेष्ठ नागरिक सम्मान गरिएको नगर प्रमुख राम थापाले बताउनु भयो ।


यसैगरी विभिन्न वडाका १०६ बर्षीय कुवेर श्रेष्ठ, १०६ बर्षीय नरमाया सोराली मगर, १०५ बर्षीय नर्वदा खनाल, १०५ बर्षीय मिना देवी कार्की र १०१ बर्षीय चन्द्रमाया लावातीलाई सम्मान न्यायो कपडा, पौष्टिक आहारा र सम्मान पत्रले गरिएको छ ।
राष्ट्रिय जेष्ठ नागरिक कोषको पहलमा २०७८ साल देखि जेष्ठ नागरिक दिवश मनाउन थालिएको छ । नेपालमा २०५१ साल पुस ११ गते देखि जेष्ठ नागरिकलाई भत्ता दिन शुरु गरेको दिनको सम्झनामा जेष्ठ नागरिक दिवश मनाउन थालिएको हो । देशमा संघियता कार्यान्वयनमा आए पछि स्थानीय सरकारले समेत आफ्ना क्षेत्रका जेष्ठ नागरिकको खोजी गरी सम्मान गर्न थालेको नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो । उपप्रमुख प्रसार्इंका अनुसार जेष्ठ नागरिकलाई श्रवण उपकरण र चश्मा वितरण जस्ता निशुल्क कार्याक्रम संचालनले धेरैलाई सहजता भएको छ ।
दमक नगरपालिकाले जेष्ठ नागरिकको घरघरमा पुगेर निशुल्क स्वास्थ्य परिक्षण समेत गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा सागसब्जीबाट स्वदेशमै विदेशमा भन्दा राम्रो कमाई (फाेटाे फिचर)
Next post गाैरीगंजमा वडाध्यक्षकाे छाेरीकाे जागिरकाे विषयमा विवाद