गाैरीगंजमा वडाध्यक्षकाे छाेरीकाे जागिरकाे विषयमा विवाद

१२ पाैष २०८०,झापा– झापाको गौरीगञ्ज गाउँपालिकाले गौरीगञ्ज अस्पतालमा स्वास्थ्य सहायक पाँचौँ तहका दुई जना कर्मचारी नियुक्त गर्न लिएको परीक्षा विवादित बनेको छ । परीक्षाका आवेदकहरू २३ जना मध्ये संक्षिप्त सूचीमा नै नअटाएकी परीक्षार्थी मध्येकी एक जना वडाध्यक्षकी छोरीको नाम थपेर एकै ब्यहोराका दुई सूचना भिन्न भिन्नै मिति राखेर प्रकाशित गरेर गाउँपालिकाले विवादको शृङ्खला सुरु भएकाे हाे । गाउँपालिकाले यसअघि मङ्सिर २७ गते आवेदकहरू २३ जनामध्ये संक्षिप्त सूची (१० जना को नाम) प्रकाशित गरेर पुस १ गते हुने परीक्षामा सहभागी हुन सूचित गरेको थियो । जसमा सोही पालिकाको १ नम्बर वडाका वडाध्यक्ष कार्तिकलाल राजवंशीकी छोरी कृतिका राजवंशीको नाम समावेश थिएन । वडाध्यक्ष पुत्री कृतिकाको नाम पुस १ गतेका हुने सो सम्बन्धीको परीक्षाको परीक्षार्थीको रूपमा अटाएको थिएन । दुई दिन पछि मङ्सिर २९ गते पालिकाले सो सूचना संशोधन गर्दै वडाध्यक्ष राजवंशीकी छोरी कृतिकाको नामसमेत अटाएको मात्रै छैन ११ पुसमा लिखित, मौखिक दुवै परीक्षामा उनी उत्तीर्ण भएको ब्यहोरा सार्वजनिक गरेको छ ।

उनीसँगै गौरादह ८ की दिपिक्षा निरौला पनि सफल भएकी गाउँपालिकाले आफ्नो आधिकारिक फेसबुक पेजमा अद्यावधिक गरेको सूचनामा नै जनाइएको छ । वैकल्पिक उम्मेदवारको सूचीमा भने सुमन न्यौपाने र सञ्जयकुमार ताजपुरियाको नाम छ ।

पालिकाको परीक्षा सञ्चालन सम्बन्धि कार्यविधि अनुसार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाको संयोजकत्वमा विषय विज्ञ विश्वमणी श्रेष्ठसहितको समितिले सो परीक्षा लिएको थियो । परीक्षाको अन्तिम नतिजा प्रकाशन भएसँगै सामाजिक सञ्जालमा सो परीक्षा निष्पक्ष र धाँधलीरहित हुन नसकेको तर्कसहित पालिकाका नेतृत्वकर्ताहरुले विराेध गर्दै अाएका छन् । यता विवादमा परेका पक्षले भने परिक्षामा कुनै धाँधली नभएकाे दाबी गर्दै अाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post राष्ट्रिय जेष्ठ नागरिक दिवशमा दमकले गर्यो सय बर्ष नाघेका ६ जनालाई सम्मान (फाेटाे फिचर)
Next post इपीएस परीक्षाकाे विवादले लियाे २ जनाकाे ज्यानः ७ जना घाइते