झापामा सागसब्जीबाट स्वदेशमै विदेशमा भन्दा राम्रो कमाई (फाेटाे फिचर)

१० पौष २०८०/बालदिवश तामाङ

अन्नबाली भन्दा राम्रो आम्दानी हुन थाले पछि झापामा तरकारी खेतीको क्षेत्रफल बर्षेनी बढ्दै गएको छ । हिउँदे मौषमी सागसब्जी विक्री गरेर मनग्ये मुनाफा लिन थाले पछि किसानहरु व्यवसायिकरुपमा खेतीमा लागेका हुन् ।झापाको दमक वडा नं. १० का तिर्थ चम्लागाईंले हरेक बर्ष टमाटर विक्रीबाट मात्रै ३ देखि ४ लाखसम्म आम्दानी गर्दै आउनु भएको छ । वेलैमा धान थन्काएर गरिने हिउँदे तरकारीबालीबाट उहाँले विदेशमा भन्दा राम्रो कमाइ गर्दै आउनु भएको छ । ३ महिनामा टमाटर देखि कोपी तथा अन्य सागसब्जी विक्री बाट ४ लाख भन्दा धेरै आम्दानी लिने गरेको उहाँले बताउनु भयो । चम्लागाँईका अनुसार अझ वेमौषमी खेती गर्न सक्नेहरुले धेरै आम्दानी लिने गरेका छन् ।

चम्लागाईं जस्तै जिल्लामा व्यवसायिकरुपमा तरकारीबाली खेती गर्ने किसानहरु बढ्दै गएका छन् । हिउँदमा साग, कोपी, टमाटर, काउली, काँक्रा, खोर्सानी लगायत विक्री हुन्छ । खटेर गर्दा तरकारीबालीबाटै राम्रो आम्दानी गर्न सकिएको कमल गाउँपालिका वडा नं. २ की किसान सरिता पौडेलले बताउनु भयो । पौडेलका अनुसार सागसब्जी खेतीबाट ९ जनाको परिवार पाल्न तथा बालबच्चालाई उच्च शिक्षा हासिल गराउन समेत सफल भएको बताउनु भयो ।

जिल्लामा झण्डै साढे १० हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ । तरकारी खेतीबाट राम्रो आम्दानी समेत हुने भए पछि किसानको आकार्षण समेत बढ्दै गएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार विदेश वा स्वदेशमा खेती सम्बन्धी तालिम वा प्राविधिक ज्ञान लिएर तरकारी खेती गर्ने किसानले कोरोना कहरकाबीच पनि राम्रो आम्दानी गरेका छन् । तर कतिपय युवाले ज्ञान शिप र प्राविधिक क्षमता विनै ठूलो लगानी गरेर ठूला फार्म खोल्दा भने विस्थापित पनि हुनु परेको छ । तर निरन्तर कृषि पेशामा लागेकाहरुले भने आकार्षक आम्दानी समेत गरेको उहाँले बताउनु भयो ।

झापा जिल्लामा बार्षिकरुपमा झण्डै २ लाख मेट्रिकटन सागसब्जी उत्पादन हुँदै आएको छ । तर अझै पनि भारतीय सागसब्जी आयात हुने गरेकाले उचित मुल्य पाउन नसकेको किसानले गुनासो पोख्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पत्रकार महासंघ झापाको ३५औं स्थापना दिवसमा संस्थापकहरुलाई सम्मानः ९ लाख बढी उपचार कोषमा सहयाेग(फाेटाे फिचर)
Next post राष्ट्रिय जेष्ठ नागरिक दिवशमा दमकले गर्यो सय बर्ष नाघेका ६ जनालाई सम्मान (फाेटाे फिचर)