ढेड दशक पछि हुलाकी सडकमा पर्ने रतुवा खोलाको पुलमा हिड्ने आशा (फाेटाे फिचर)

१७ पौष २०८०/डिकेश लामा

ढेड दशक देखि अलपत्र परेको पुल यस बर्ष संचालनमा ल्याउने गरी धमाधम काम भइरहेको छ । हुलाकी सडकखण्डमा पर्ने झापा र मोरङ्ग जोडिने रतुवा खोलाको पुल दुवै तर्फ थप्ने कार्य निर्माण हुन थाले पछि पुल संचालनमा आउने आशा पलाएको छ । १५ बर्ष अघि १० करोड ३२ लाखमा निर्माण भएको २०५ मिटर लम्बाइको रतुवा खोलाको पुल यस बर्ष पुनः ७५ मिटर लम्बाई थप गरिँदैछ । पुल खोलाको भाग भन्दो छोटो भए पछि गत बर्ष ठेक्का लिएर बर्षात अगावै काम सक्ने गरी निर्माण भइरहेको निर्माण कम्पनि देव एण्ड सायर समता आशिष सन्दिप जेभीका प्राविधिक सत्यान्दर भगतले बताउनु भयो ।

भगतका अनुसार आउने बर्षातसम्म मुख्य काम सकेर गाडी संचालन हुने गरी पुल निर्माण सकिने छ । तर पुलको ठेक्का भने अझै १५ महिना म्याद रहेको छ । २०८२ सालको असार १७ गतेसम्म निर्माण सक्नु पर्ने पुल समय अवधि अगावै सकिने गरी काम भईरहेको रतुवा पुल निर्माण कम्पनिका इन्जिनियर विवेक न्यौपानेलेले बताउनु भयो ।

आर्थिक बर्ष २०६४/०६५ मा कालिका ओसिए जेभीले निर्माण गरेर छाडेको पुल खोलाको बीच भागमा परे पछि यो बर्ष झापा खण्डमा २५ र मोरङ्ग खण्डमा ५० गरी ७५ मिटर थप हुँदैछ । जसका लागि २२ करोड १२ लाख रुपयाँमा ठेक्का लागेको छ । अव भने पुल संचालनमा आउलाकी भन्ने आशा पलाएको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दा राजन कोइरालाका अनुसार लामो समय देखि अधुरो रहेको पुल अव भन्ने बन्लाकी भन्ने आशा पलाएको छ । पुलको दुवै तर्फ स्पान थप गरे पछि पुल संचालन हुने देखिएको उहाँले बताउनु भयो ।

पुल संचालनमा नआउँदा बर्षौं देखि दैनिक सयौंको संख्यामा मानिसहरु ओहोरदोहोर हुने रतुवा खोलामा पैसा तिरेर हिड्नु पर्ने बाध्यता छ । बर्षातमा डुङ्गा र हिउँदा बाँसको पुलमा हिड्दा मानिसको १० देखि मोटर साइकल, सिटी र टेम्पोको १ सय रुपयाँसम्म कर तिरेर हिड्नु पर्दछ । खासगरी बर्षातमा ढुङ्गा संचालन गर्न भनेर पालिकासँग लिएको ठेक्कामा हिउँदको समय बाँसको पुल थापेर पनि पैसा असुल गर्दै आइएको छ । पुलमा कर वापत दैनिक १० देखि २० हजारसम्म रकम संकलन हुँदै आएको कर संकलक बासु प्रसाद सिंहलले बताउनु भयो । २ लाख ५० हजारमा लिएको ठेक्काबाट अधिक रकम असुल्दै आएको यात्रुहरुले गुनासो पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post धानको मुल्य अहिलेसम्मकै उच्चः समर्थन मुल्यमा धान खरिद गर्ने संस्थालाई समस्या(फाेटाे फिचर)
Next post नेपालकै सवै भन्दा धेरै सुपारी खेती हुने झापामा यान्त्रिकरणले किसानमा उत्साह बढ्दै (फाेटाे फिचर)