नेपालकै सवै भन्दा धेरै सुपारी खेती हुने झापामा यान्त्रिकरणले किसानमा उत्साह बढ्दै (फाेटाे फिचर)

१८ पुस २०८०/बालदिवश तामाङ

स्थानीय क्षेत्रमै प्रशोधन र प्याकेजिङ समेत हुन थाले पछि सुपारी खेती गर्ने किसानमा थप उत्साह बढेको छ । सरकारले प्रशोधन मेशिनमा ५० प्रतिशत अनुदान उपलव्ध गराए पछि जिल्लामा किसानहरु आफैले मेशिन खरिद गरी सुपारी प्रशोधन गरेर बजारिकरण गर्न थालेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापामा सुपारी जोन कार्याक्रम संचालन भएको ५ बर्ष भएको छ । शुरुमा पराम्परागत तरिकाले सुपारी प्रशोधन गर्ने किसानले मेशिनबाटै सुपारी प्रशोधन गर्न थाले पछि खेतीमा किसानको आकार्षण बढ्दै गएको परियोजनाका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार सुपारी जोन कार्याक्रम संचालन पछि झापाका किसानलाई सिंचाइ, दुना टपरी उद्योगको मेशिन र सुपारी प्रशोधन देखि कुड्का बनाएर प्याकेजिङ गर्ने मेशिनसम्म अनुदानमा उपलव्ध गराइएको छ । जसले गर्दा ठूलो आर्थिक कारोवार गर्दै आएका किसान देखि व्यवसायीलाई समेत सहज भएको छ ।


कच्चा सुपारी पकाएर बोक्रा छोड्याएर विक्री गर्ने किसानले सरकारको ५० प्रतिशत अनुदानमा २० देखि ४० लाख मुल्यका मेशिनहरु खरिद गरी संचालन गर्न थालेका छन् । मेशिन खरिदले किसानहरु सुपारीका अन्य परिकार समेत बनाएर विक्री गर्न सक्षम बन्दै गएको बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा संचालित श्रीकृष्ण सुपारी सहकारी संस्थाका सदस्य खिमनाथ गौतम्ले बताउनु भयो । गौतम्का अनुसार शुरुका बर्षहरुमा सुपारी प्रशोधन गर्दा पराम्परागत तरिकाले भाडामा पकाएर हातले छोड्याएर गरिने काम अव मेशिनले नै गर्न थालेको छ । यस बाहेक मसिना कुड्का बनाएर पनि मसिनो प्याकेज समेत बनाएर विक्री गर्न थालिएको उहाँले बताउनु भयो ।

default

सुपारीमा किसानको आकार्षण बढ्न थाले यस बर्ष कृषि ज्ञान केन्द्र झापाले समेत सुपारीको यान्त्रिकरणमा बजेट विनियोजन गरेको छ । सुपारीको उद्योग संचालनका लागि ४० लाख बजेट विनियोजन गरिएको केन्द्रका प्रमुख सागर विष्टले बताउनु भयो । अव सुपारीको व्यवसायलाई उद्योगमा लान सरकारले सक्रीय सुपारी किसानको सहकारी तथा समूहलाई अनुदानका लागि आवश्यक प्रकृया अगाडि बढाएको उहाँले बताउनु भयो ।

झापा जिल्लामा नेपालकै ८० प्रतिशत झण्डै ३ हजार हेक्टरमा सुपारी खेती हुँदै आएको छ । बार्षिक ९ अर्वसम्मको कारोवार हुँदै आएको सुपारीमा उद्योग संचालनले किसानलाई खेतीमा थप आकार्षित गरेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ढेड दशक पछि हुलाकी सडकमा पर्ने रतुवा खोलाको पुलमा हिड्ने आशा (फाेटाे फिचर)
Next post झापामा एकै दिन ३ जनाकाे लाश फेला