अदालतको मुद्धा स्थानीय स्तरमै मेलमिलाप गराउँन सफल बन्दै स्थानीय तह
२६ पुस २०८०/सारासन्देश समाचार (दमक)
झापा जिल्लामा बार्षिकरुपमा आउने ६ सय बढी मुद्धाहरु स्थानीय तहमै मेलमिलाप हुने गरेको छ । ३ जिल्लाका स्थानीय तहबीच झापाको दमकमा आज भएको अन्तर पालिका समन्वय कार्याक्रममा बोल्दै झापा जिल्ला अदालतका मुख्य न्यायधिस अशोककुमार बस्नेतले स्थानीय तहले संचालन गरेको न्याय सम्पादनको कार्यले अदालतमा आउने धेरै मुद्धा घटाएको बताउनु भएको छ । उहाँले यो आर्थिक बर्षमा मात्र ३ सय ६५ मुद्धामा छलफल भएको र १ सय ७० मेलमिलाप समेत भएको बताउनु भयो ।
दमक नगरपालिकाको आयोजनामा झापा, मोरङ्ग र इलामका उप प्रमुख तथा उपाध्यक्ष र कानुन अधिकृत सहित उपस्थितिमा भएको कार्याक्रममा स्थानीय स्तरमा आउने मुद्धाको समस्या र त्यसको समाधानको विषयमा छलफल भएको छ । कार्याक्रमले कानुनी सचेतना र असल अभ्यासबारे धेरैलाई ज्ञान भएको माईजोगमाई गाऊँपालिकाकी उपाध्यक्ष प्रविना राईले बताउनु भयो ।
यस्तै कार्याक्रमका अध्यक्ष दमक नगरपालिकाकी उपप्रमुख रेजिना भट्टराई प्रसाईंले दमक नगरपालिकाले कार्याक्रम गरी सुशासनका अभ्यासमा समन्वयात्मक ढंगबाट काम गर्न सहज होस् भन्ने हेतुले ३ जिल्लाका न्यायिक समितिमा काम गर्नेबीच अन्तकृया गोष्ठ गरिएको बताउनु भयो ।
संघियता आए पछि हरेक स्थानीय सरकारमा न्यायिक समितिले स्थानीय स्तरमै ठूल्ठुला मुद्धा मामिला समेत समाधान गर्न थालेको र त्यसलाई व्यवस्थित गर्न कानुन सम्बन्धी क्षमता अभिबृद्धि गर्न यस्ता कार्याक्रमले टेवा पुग्ने कार्यक्रमका बक्ताहरुले बताएका छन् ।