झापामा धमाधम बगरखेती विस्तार हुँदै (फाेटाे फिचर)

२७ पुस २०८०/डिकेश लामा

बाढीले बगर बनाए पछि जिविकोपार्जन गर्ने अन्य उपाय नभएका किसानले धमाधम बगरमा खेती गर्न थालेका छन् । झापाको सवैभन्दा ठूलो कन्काई नदिको सयौं विगाह खेती योग्य जमिन बगरमा परिणत भए पछि बगरमै हुने खरभूजा खेती विस्तार गर्न थालिएको छ । कन्काई नदिमा आएको बाढीले मात्र केही बर्ष यता सयौं विगाह धानखेत बगर बनाएको छ । नम्बरी खेती योग्य जमिन बगरमा परिणत भए पछि किसानले यो वेला बगरमा हुने खरभूजा, काँक्रा, करेला लगायतका बालीहरु धमाधम रोप्न थालेको खेतीका किसान राजकुमार राजबंशीले बताउनु भयो । राजवंशीका अनुसार कन्काई नदि आसपास मात्रै १ हजार हेक्टर बढी क्षेत्रफलमा बगर खेती हुँदै आएको छ । एक विगाहमा खेती गर्दा झण्डै २ लाख रुपयाँ खर्च हुने र ४० जना भन्दा धेरै जनशक्ति चाहिने उहाँले बताउनु भयो ।

पुस्तौं देखि नदिको किनारमा बसोवास गर्दै आउनु भएका इश्वर माझीले यो बर्ष ७ विगाह क्षेत्रफल भाडामा लिएर खरभूजा खेती थाल्नु भएको छ । झण्डै १० लाख रुपयाँ लगानी गरेर थालिएको खेतीले राम्रो आम्दानी भएमा दोब्बर मुल्यको खरभूजा उत्पादन हुने उहाँले बताउनु भयो । बर्षातमा डुङ्गा संचालन गर्दै आउनु भएका माझीले यस बर्ष देखि आफूले पनि भाडामा जग्गा लिएर खेती थालेको बताउनु भएको छ ।

झापाको दक्षिणी भूभाग खासगरी खोलाबाढीको उच्च जोखिममा रहेको छ । दक्षिणी क्षेत्रमा बर्षेनी धान खेत बगर बन्दै जान थाले पछि किसानले बगरमै उत्पादन हुने कृषि बाली विस्तार गर्न थालेका छन् । यस्तै झापाको रतुवा, कमल, विरीङ्ग र मेची लगायतका खोलाहरुमा समेत ठूलो क्षेत्रमा बगर खेती गरिँदै आइएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । यस अघिका बर्षहरुमा केन्द्र मार्फत अनुदान समेत दिएकाले यूवाहरुको आकार्षण बगर खेती तर्फ थप बढ्दै गएको छ ।

झापा जिल्लामा बाढीका कारण ४ हजार हेक्टर भन्दा बढी क्षेत्रफल बगरमा परिणत भएको नदि नियन्त्रणमा काम गर्दै आएको जनताको तटबन्ध कार्यालयको तथ्याङक छ । बाढीले बास हराएका सयौं घर परिवारलाई दिगो बाँध निर्माण गर्न सके सयौं विगाह जमिनमा अन्न उत्पादन गर्न सकिने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अदालतको मुद्धा स्थानीय स्तरमै मेलमिलाप गराउँन सफल बन्दै स्थानीय तह
Next post दुःखद खबरः नेपालमा एकै दिन २ स्थानकाे सडक दुर्घटनामा १३ जनाकाे मृत्यु