दुःखद खबरः नेपालमा एकै दिन २ स्थानकाे सडक दुर्घटनामा १३ जनाकाे मृत्यु

२८ पुस २०८०, दाङ– पुर्व पश्चिमी राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा बस खस्दा मृत्यु भएका १२ मध्ये आठ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा बाँके नेपालगंञ्जका ६० बर्षिय कुसुम बस्नेत, मकवानपुर हेडौडाका सौरब बिष्ट, काठमाडौ चन्द्रगिरी १५ का ताराकान्त पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्ले जानकारी दिनुभयो । यस्तै जुम्ला श्रीढुस्का-९ निवासी मनुबहादुर रावत, बाँकेका रामवरण हरिजन, रुकुम गोतामकोट-९ का दिपक कामी भारत बिहारका योगेन्द्र राम र भारत उत्तर प्रदेशका अतिकुल्ला खैरेको सनाखत भएको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो ।

मृतकमध्ये अब चार जनाको सनाखत हुन बाँकी छ । गएराति दाङ राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी अन्य २३ जना घाइते भएका छन । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदीमा खसेको थियो ।  दुर्घटनामा एक महिला सहित १२ जनाको मृत्यु भएको हो । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज लगिएको छ । घाइतेमध्ये १४ जनाको मेडिकल कलेज कोहलपुर, सात जनाको बुटवल र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कोहलपुरका डिएसपी सुन्दर तिवारीका अनुसार १४ जनामध्ये पाँच जना उपचारपछि घर फर्किएका छन् । बाँकीको उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई पाँच वटा एम्बुलेन्समा राति शिक्षण अस्पताल पुर्‍याइएको थियो । नमस्ते यातायातको भे १ ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हाे । बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । बसमा ३६ जना यात्रु रहेका थिए ।

यसैगरी हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको थानकोट-चित्लाङ सडक खण्ड चन्द्रागिरि नगरपालिका-४ सेतो पहरामा निजी कार दुर्घटना हुँदा मृत्यु ५ जनाकाे मृत्यु भएकाे छ ।महानगरीय प्रहरी वृत्त थानकोटाका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार ४ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

काठमाडौंबाट चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी शनिबार दिउँसो अनियन्त्रित भएर दुर्घटना भएको छ । गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् ।

दुर्घटनामा काठमाडौं-३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उहाँकाे पत्नी ६४ वर्षीया कल्पना तिवारी, ज्वाइँ काठमाडौं–२ का महेशकुमार गौतम, उहाँका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियन्सको मृत्यु भएको हो । घाइते स्मारिकाको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालक महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम गाडीबाट हामफालेर बाँच्न सफल भएकी हुन् ।

कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । शनिबार उनीहरु चित्लाङ घुम्न आएको हुन सक्ने प्रहरीको अनुमान छ ।
हेटौंडा-काठमाडौं छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत सम्भारका कारण सवारी साधन चल्न रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा धमाधम बगरखेती विस्तार हुँदै (फाेटाे फिचर)
Next post अनुदानले केरा खेतीमा उत्साहः चिमरियाको कमाइ केराबाट बर्षमा झण्डै आधा करोड (फाेटाे फिचर)