अनुदानले केरा खेतीमा उत्साहः चिमरियाको कमाइ केराबाट बर्षमा झण्डै आधा करोड (फाेटाे फिचर)

२९ पौष २०८०/बालदिवश तामाङ

अन्नवाली भन्दा राम्रो आम्दानी हुन थाले पछि झापामा बर्षेनी केरा खेतीको क्षेत्रफल बढ्दै गएको छ । खेतीमा सरकारले सिंचाई, उपकरण तथा ढुवानीका साधानमा समेत अुनदान उपलव्ध गराए पछि किसानहरु खेतीमा थप उत्साहित भएका छन् ।

झापाको बाह्रदशी गाउँपालिका वडा नं. ७ मा ६ बर्ष देखि ८ विगाह क्षेत्रफलमा केरा खेती गर्दै आउनु भएका लक्ष्मिप्रसाद चिमरियाले यस बर्ष थप २ दुई विगाह क्षेत्रमा खेती विस्तार गर्दै हुनु हुन्छ । उहाँले बार्षिकरुपमा केराखेतीबाट ५० लाख रुपयाँसम्मको आम्दानी गर्दै आउनु भएको छ । यस बर्ष माघको पहिलो साता २ विगाहमा केरा गराउँन तयारी गर्नु भएको चिमरियाले आगामी बर्षबाट प्राकृतिक प्रकोप नहुनु हो भने सहजै आधा करोड हाराहारीमा कमाइ गर्न सक्ने बताउनु भयो । उहाँले अहिले प्रति विगाह ६ लाख रुपयाँसम्मको केरा विक्री गर्दै आउनु भएको छ ।


चिमरिया जस्तै झापाका अन्य धेरै किसानहरुले दशौं विगाहसम्म खेती गर्न थालेका छन् । ठूल्ठुला बगानहरु संचालनमा आउन थाले पछि स्थानीय स्तरमा रोजगारी समेत सृजना भएको छ । चिमरियाको बगानमा मात्र सिजनमा २० देखि २५ जनाले काम पाउने गरेको उहाँले बताउनु भयो । तर केही बर्ष अघि ३ विगाह क्षेत्रफलमा मालबोक केरा लगाउनु भएका बाह्रदशी ७ का किसान रोहित कुमार शिवाकोटील भने केरामा रोग आएका काराण खेती घटाउँदै जानु भएको छ । मालबोकमा रोग देखा परे पछि नयाँ जात मद्रासी चिनीचम्पा भने राम्रो भएको छ । जसको मुल्य समेत उच्च प्रति घरी ६ सय रुपयाँसम्म विक्री हुने गरेको छ ।


यस बर्ष पनि केरा व्लक कार्याक्रम अन्तर्गत ३० लाख रुपयाँ बजेट विनियोजन गरिएको छ । संघीयता कार्यान्वयनसँगै केरा खेती विकासमा व्लक संचालनमा अनुदानका कार्याक्रमहरु संचालन गर्दै आएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार यो बर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र ज्ञान केन्द्र मार्फत ३० लाख रुपयाँ अनुदान विनियोजन गरिएको बताउनु भयो ।

झापा जिल्ला केरामा आत्मा निर्भर बनेको छ । झण्डै १९ सय हेक्टर क्षेत्रफलमा उत्पादन हुने ३७ हजार मेट्रिक टन हाराहारी केराले काठमाण्डौंसम्मको बजार ओगट्ने गरेको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दुःखद खबरः नेपालमा एकै दिन २ स्थानकाे सडक दुर्घटनामा १३ जनाकाे मृत्यु
Next post यस बर्ष पनि कन्काइ माइकाे पुस्ते माइ मेला भव्यका साथ लाग्याे