पाथिभरा मन्दिरमा याे बर्ष हालसम्म साढे ८ कराेड बढी भेटी रकम संकलन

३ माघ २०८०, ताप्लेजुङ–  पाथीभरामा पुस महिनासम्म जम्मा भएको भेटी रकम  आठ करोड ७० लाख ५२ हजार ५ सय ४८ रूपयाँ पुगेको छ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा गएकाे पुस महिनामा मात्र ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार पुसमा मात्र कूल रु ३५ लाख २९ हजार भेटी रकम सङ्कलन भएको हो । पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम सङ्कलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ ।

यसैगरी कात्तिक र मङ्सिरमा मात्र रु ६८ लाख ११ हजार एक सय १० भेटी सङ्कलन भएको थियाे । यस्तै सङ्कलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मङ्सिर मसान्तसम्ममा रु १० लाख ७० हजार सात सय ८७ खर्च भएको समितिले जनाएको छ । सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम दुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा सो खर्च भएको समितिले जनाएको छ ।

सङ्कलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उहाँले बताउनुभयो । यसैगरी यता सानाे पाथिभरा नामले चिनिने इलाम जिल्लाकाे राङ गाउँपालिकामा रहेकाे मन्दिरमा पनि सिजनकाे वेला दैनिक सरदर १ लाख रकम भेटी संकलन हुँदै अाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा ड्राइगन फलको खेती बर्षेनी विस्तार (फाेटाे फिचर)
Next post कम्पुटर शिक्षाले रोजगारमा टेवाः निरन्तर कक्षा संचालन गर्न विधार्थीको माग (भिडियाे कथा सहित)