झापामा ड्राइगन फलको खेती बर्षेनी विस्तार (फाेटाे फिचर)

२ माघ २०८०/डिकेश लामा

ड्राइगन खेतीबाट राम्रो आम्दानी हुने देखे पछि झापाका युवाहरुले आधुनिक तरिकाले खेती थालेका छन् । यस अघि बाहिरी जिल्लाबाट विरुवा ल्याएर खेती थालेका उनीहरुले अहिले नर्सरी संचालन गरी अन्य जिल्लाहरुमा विक्री समेत गर्न समेत सफल बनेका छन् । ५ बर्ष अघिसम्म जिल्ला बाहिरबाट विरुवा ल्याएर खेती गर्ने किसानले अहिले विरुवा उत्पादन समेत गर्न थालेका छन् । बाह्रदशी गाउँपालिका वडा नं. ७ मा स्थापित फाल्गुनन्द कृषि फार्मले अहिले ठूलो संख्यामा बाहिर व्यापार गर्न सफल भएको छ ।

विदेशबाट फर्किएर स्वदेशमै केही गरौं भनी ३३ विगाह क्षेत्रमा कृषि कर्म थालेका मदन वेघाको ७ महिना अघि सवारी दुघर्टना परी पूर्व पश्चिम महेन्द्र मार्ग अन्तर्गत सुरुङ्गामा मृत्यु भयो । तर उहाँले देखाएको बाटोमा काम गर्नेहरुले युवाहरुले बाह्रदशी गाउँपालिका वडा नं. ७ मा गर्दै आएको कृषि फार्ममा अझै मेहनेत गरेर खेती गर्दै आएका छन् । अहिले फार्ममा ठूलो संख्यामा सिउँडी फलको विरुवा उत्पादन गर्न सफल भएका छन् ।

५ बर्ष अघि देखि परिक्षणकोरुपमा थालिएको ड्राइगन फल खेती यतिखेर जिल्लाका विभिन्न भागमा व्यवसायिकरुपमा थालिएको छ । खेती विस्तार हुन थाले पछि अहिले फाल्गुनन्द कृषि फार्मले विरुवा उत्पादन र विक्रीलाई जोड दिएको फार्मका व्यवस्थापक छोटुभाइ अन्सारीले बताउनु भयो । छोटु भाइका अनुसार अहिले एकै जना किसानले १० हजारसम्म विरुवा लाने गरेका छन् । विरुवा झापा देखि पश्चिमी जिल्ला र भारतसम्म लाने गरेका छन् ।

तराई वा गर्मी स्थानमा हुने यो खेती अझ बलौटे माटोमा धेरै हुने गरेको छ । ड्राइगन फल खेती गर्दा शुरुका केही बर्ष दोहोरो बाली समेत उत्पादन लिने गरेको व्यवसायिकरुपमा ड्राइगन फलको खेती गदैैै आउनु भएकी बुद्धशाति गाउँपालिका वडा नं. १ की प्रतिमा पोखरेलले बताउनु भयो । पोखरलेलका अनुसार विरुवाहरु नहुर्केञ्जेल फलको विचमा कुरिलो खेती गरेको बताउनु भयो ।

झापाको बुद्धशान्ति, बाह्रदशी, गौरीगंज दमक लगायतका क्षेत्रमा ठुलो क्षेत्रमा व्यवसायिकरुपमा ड्राइगन फल खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्रले अघिल्लो बर्षहरुमा अनुदानको कार्यक्रम समेत संचालन गरेकाले खेती विस्तारमा युवाहरु थप उत्साहित भएको ज्ञान केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post यस बर्ष पनि कन्काइ माइकाे पुस्ते माइ मेला भव्यका साथ लाग्याे
Next post पाथिभरा मन्दिरमा याे बर्ष हालसम्म साढे ८ कराेड बढी भेटी रकम संकलन