पार्टी पत्रकारिता बाहिरका विषयमा पत्रकार लाग्नु पर्नेमा जोड

५ माघ २०८०/सारासन्देश समाचार
अवको पत्रकारिता पार्टी पत्रकारिता नभइ स्वतन्त्र र जिम्मेवार ढंगबाट गरिनु पर्ने अग्रज पत्रकारहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ झापाले आयोजना गरेको एक दिने पत्रकारितामा परिवर्तित क्षेत्रहरु विषयक अन्तकृयामा बोल्दै प्रेस इन्स्टिच्यूट नेपालका अध्यक्ष तिर्थ कोइरालाले अवको पार्टी पत्रकारिता छाडेर राज्यले नदेखेका विषयहरुलाई उजागर गर्ने तर्पm पत्रकारहरु लाग्नु पर्ने बताउनु भयो । उहाँले नेपालमा पत्रकारहरु पार्टीको मुखपत्र जस्तो भएर काम गर्दा राज्यलाई सुधार गर्नु पर्ने धेरै विषय बस्तुहरु ओझेलमा परेको बताउनु भयो ।


यस्तै सीडीइआर सेन्टर फर डेमोक्रेटिक एण्ड नेचुरल राइटका नेपाल प्रतिनिधि प्राकृतिक अधिकारका अभियन्ता श्रवण शर्माले अव पत्रकारहरुले जलवायु परिवर्तन र यससँग जोडिएका विषय प्रति पत्रकारहरु सचेत भइ उजागर गर्नु पर्ने बताउनु भयो । उहाँले नेपालमा रहेका बन जंगलले भारत लगायत अन्य देशबाट उत्पन्न हुने कार्वनको असर र यसका लागि राज्यले चाल्नु पर्ने नीतिबारे खबरदारी गर्नु पर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघको कार्यालय विर्तामोडमा पूर्व अध्यक्ष तारा बरालको प्रमुख आथित्यमा भएको कार्याक्रममा पूर्व अध्यक्ष मोहन काजी, केशव आचार्य, चिन्तामणी दाहाल, गोविन्दचन्द क्षेत्री लगायत प्रेस संघ संगठन र क्लवहरुका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


एकराज गिरीको अध्यक्षतामा भएको कार्याक्रममा सहभागीको तर्फबाट पत्रकार लिलाराज झापाली, प्रदिप परियार, विनोद पाण्डे, स्वस्तिका आचार्य, पर्वत र्पोतेल, गणेशमान मुखिया, ज्ञानेन्द्र निरौला लगायतले जिज्ञासा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कम्पुटर शिक्षाले रोजगारमा टेवाः निरन्तर कक्षा संचालन गर्न विधार्थीको माग (भिडियाे कथा सहित)
Next post झापामा एकै जना किसानले १५ लाख बढी मुल्यको कागती विक्री गर्न सफल (फाेटाे फिचर)