न्युजील्यान्डले नेपाललाई दियो ३ सय ३ रनको विशाल लक्ष्य

७ माघ २०८०, सारासन्देश समाचार– आइसिसी यू–१९ एकदिवसीय विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डले नेपालले तीन सय तीन रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय दुई रन बनाएपछि नेपालले तीन सय तीन रनको लक्ष्य पाएको हो ।

न्युजिल्यान्डका ब्याटर स्नेहित रेडी डेभरेडीले शतकीय इनिङ खेले । एक सय २५ बलको सामना गरेका रेडीले ६ छक्का र ११ चौका प्रहार गर्दै एक सय ४७ रन बनाए । खेलमा उनि अविजित रहे । न्युजिल्यान्डले १० ओभरमा ५३ रन जोडेर सानदार सुरुआत गरेको थियो । ११ औं ओभरको पहिलो बलमा सुवासले लुक वाटसनलाई १४ रनमा बोल्ड गरि नेपाललाई पहिलो सफलता दिलाएका छन् । अर्का ओपनर टोम जोन्सलाई तिलक भण्डारीले ३३ रनमा बोल्ड गरे । उनले ४५ बल खेली ५ चौका प्रहार गरे । ओलिभर तेवाटियालाई दीपेश कँडेलले शुन्यमा आउट गरेपछि नेपालले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।

तर रेड्डी र कप्तान ओस्कर ज्याकसनले चौथो विकेटमा १ सय ५७ रनको साझेदारी न्युजिल्यान्डलाई बलियो स्थितिमा उभ्याए । ज्याकसनले ८१ बल खेली ३ चौका र ५ छक्का प्रहार गर्दै ७५ रन बनाए । गुल्शन झाले लच्लान स्ट्याक पोल र ज्याक कमिङ्सलाई लगातार बलमा शुन्यमा आउट गरे । एलेक्स थोम्सनले १३ रन बनाउदै रेड्डीसँग आठौं विकेटमा ४९ रनको साझेदारि गरे ।

नेपालबाट सुवासले ३ विकेट लिए । उनले १० ओभरमा ६० रन खर्चे । गुल्शनले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । दीपेश, तिलक र आकाश त्रिपाठीको नाममा १–१ विकेट रहयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा एकै जना किसानले १५ लाख बढी मुल्यको कागती विक्री गर्न सफल (फाेटाे फिचर)
Next post झापामा चैते धानको विऊको माग दोब्बरले बृद्धि हुँदा खेती बढ्ने