झापामा चैते धानको विऊको माग दोब्बरले बृद्धि हुँदा खेती बढ्ने

७ माघ २०८०/डिकेश लामा

अन्य समयमा यतिवेला चैते धानको विऊ खासै माग हुँदैन थियो । तर यो बर्ष विऊ राख्ने समय अगावै विऊ विक्री गर्ने कृषि केन्द्रहरुमा विऊको अभाव हुन थालेको छ । धानको मुल्य बढेसँगै यस बर्ष झापामा चैते धान खेती गर्ने क्षेत्रफल समेत बढ्ने देखिएको छ । गत बर्ष देखि चैते धानको मुल्य बृद्धि भएसँगै चैते धान खेतीका लागि यति वेला चाहिने विऊको माग समेत दोब्बरले बृद्धि भएको छ । विऊको माग बढेकाले यो बर्ष चैते धान खेती समेत बढ्ने देखिएको छ ।

गत बर्ष गौरादह नगरपालिका वडा नं. ४ का किसान नेत्रबहादुर गुरागाँईले १ विगाह क्षेत्रमा चैते धान खेती गर्नु भएको थियो । तर यो बर्ष २ विगाह क्षेत्रमा धान खेती गर्ने हिसावले विऊ खरिद गर्न विऊ उत्पादन केन्द्रमा पुग्दा विऊ पाउनै मुश्किल पर्यो । यो बर्ष दोब्बर क्षेत्रमा धान लगाउने सोच बनाउनु भएको उहाँले यस बर्ष विऊकै अभाव हुन थालेको बताउनु भयो । यो बर्ष सरकारले वेलैमा आवश्यक मल उपलव्ध गराएको र बजारमा मलको अभाव समेत नभएकाले किसानलाई थप टेवा पुगेको बाह्रदशी ७ का किसान लक्ष्मिप्रसाद चिमरियाले बताउनु भयो । उहाँले ८ विगाह क्षेत्रमा लगाएको केरा खेतीमा पनि यो बर्ष सहज तरिकाले मल पाएकाले खेती विस्तार गर्न थाल्नु भएको छ ।

अघिल्ला बर्षहरुमा अन्य जिल्लामा समेत विऊ विक्री गर्दै आएको नमूना खेतीले यो बर्ष बाहिरबाट विऊ ल्याउनु पर्ने अवस्था आएको छ । चैते धानको विऊ राख्ने समय अगावै प्रशोधन केन्द्रमा विऊ विक्री भइसकेको खेतीका व्यवस्थापक अर्जन खतिवडाले बताउनु भयो । खतिवडाका अनुसार यो बर्ष अघिल्लो बर्षको तुलनामा प्रतिमन ४ सय बढी मुल्य २ हजार ८ सय रुपयाँमा धानको विऊ विक्री भइसकेको बताउनु भयो । अघिल्ला बर्षहरुमा विऊ विक्री नभएर खयनमा विक्री गर्नु अवस्थामा यो बर्ष किसानको माग अनुसार विऊ पुर्याउनै समस्या भएको उहाँले बताउनु भयो ।

भारतबाट आयात हुने धान रोकिए पछि धानको मुल्य यस बर्ष सरकारले तोकेको समर्थन मुल्य भन्दा धेरै उच्च भएको छ । धानको मुल्य बढेकाले धान खेती दोब्बरले विस्तार हुने गरी विऊ विक्री भइसकेको ८४ विगाहमा समूहमा खेती गर्दै आएको नमूना एकिकृत खेतीका अध्यक्ष वेदनिधि चापागाँईंले बताउनु भयो । उहाँका अनुसार झापा जिल्लामा विऊ उत्पादन र विक्री गर्ने सवै फार्म तथा कृषि सहकारीले किसानको माग अनुसार आधा पनि विऊ उपलव्ध गराउन मुश्किल भएको बताउनु भयो ।

नेपालको सवैभन्दा धेरै धान खेती हुने झापा जिल्लामा गत बर्ष झण्डै २० हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको छ । तर चैते धानको मुल्य दोब्बरले बृद्धि भए पछि विऊ माग बढेकाले यो बर्ष खेतीको क्षेत्रफल समेत बृद्धि हुने किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post न्युजील्यान्डले नेपाललाई दियो ३ सय ३ रनको विशाल लक्ष्य
Next post झडपमा मधेस प्रदेश मन्त्री यादब सहित ६ जना घाइते