0 0
Read Time:3 Minute, 7 Second

११ माघ २०८०/डिकेश लामा

झापाको केही पालिकाका किसानले यो बर्ष तोरीको मुल विऊ उत्पादन गर्न थालेका छन् । स्थानीय सरकारले तोरीको स्रोत विऊ र नगद अनुदानमा उपलव्ध गराए पछि किसानहरुले मुल विऊ उत्पादन थालेका हुन् । झापाको गौरादहका किसानले अनुदान सहयोगमा यो बर्ष मोरङ्ग २ र उन्नती प्रजातीका स्रोत विऊबाट तोरीको मुल विऊ उत्पादन थालेका छन् । यस अघिका बर्षहरुमा बाँझै रहने या अन्य बाली लगाउने खेतमा यो बर्ष विऊकै लागी खेती गरिएकाले बर्षेनी खेती बढ्दै जाने ८४ विगाह क्षेत्रफलमा सामुहिक खेती गर्दै आएको नमूना एकिकृत खेतीका अध्यक्ष वेदनिधि चापागाँईले बताउनु भयो ।

चापागाईका अनुसार यो बर्ष नगरपालिकाले अनुदानकमा दिएको ३ सय केजी स्रोत विऊबाट मुल विऊ उत्पादन थालिएको हो । यसले गर्दा आमागी ३ बर्षसम्ममा गौरादहमा तेब्बर क्षेत्रफलसम्म तोरी विस्तार हुने उहाँले बताउनु भयो ।

ताेरी खेती उत्पादन बढेकाे बताउँदै गाैरादह–५ का किसान हेमप्रसाद घिमिरे

गौरादह नगरपालिकाले १ विगाह खेती गर्ने किसानलाई ५ हजार नगद र ६ केजी उन्नत जातको तोरीको स्रोत विऊ वितरण गरेको छ । खेतीबाट उत्पादित मुल विऊबाट आगामी बर्ष थप खेती विस्तार गर्ने नगर प्रमुख छत्रपति सुवेदीले बताउनु भयो । नगरप्रमुख सुवेदीका अनुसार यस बाहेक यस बर्ष गौरादहमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर खेती थालिएको छ । रैथाने बालीमा अनुदान, चाक्लाबन्दी कार्याक्रममा अनुदान लगायत सिंचाई लगायतका अन्य कार्याक्रम समेत संचालन भइरहेको उहाँले बताउनु भयो ।


यस बर्ष झापाका अधिकांश पालिकाले खेतीमा अनुदान दिए पछि तोरी खेती जिल्लामा बढेको छ । अगुवा तोरी उखाल्ने र झार्न थालेको खेतीका किसानले बताएका छन् । झापा जिल्लामा ३ बर्ष यता झण्डै दोब्बर साढे हजार हेक्टर क्षेत्रफलमा तोरी खेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । बर्षेनी खेती विस्तार हुन थाले पछि किसानहरु तेलमा आत्मानिर्भरोन्मुख बन्दै गएको उनीहरुले बताएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *