प्रविधिमैत्री अध्यापनले सामुदायिक विधालयमा विधार्थीको आकार्षण बढ्दो (फाेटाे फिचर)

१८ माघ २०८०/डिकेश लामा

प्रविधिमैत्री शिक्षा लागु गरेसँगै सामुदायिक विधालयमा विधार्थीको आकार्षण बढ्न थालेको छ । झापाका केही सामुदायिक विधालयमा इन्टरनेटबाट संचालन हुने ठूला विधुतीय स्क्रीनबाट अध्यापन गराउन थाले पछि विधार्थीलाई समेत अध्ययनमा सहज भएको छ । झापाको कमल गाउँपालिका वडा नं. २ मा रहेको कमला मदन आश्रित स्मृति मावि पालिकाको नमूना विधालय हो । केही बर्ष अघिसम्म विधार्थीको संख्या न्यून हुँदै गएको यो विधालयमा अहिले ६ सय बढी विधार्थीहरु रहेका छन् । विधालयमा इन्टरनेट मार्फत प्रविधिको प्रयोग गरेर पठनपाठन हुन थाले पछि संस्थागत विधालयका विधार्थीहरु समेत आउन थालेको विधालयका प्रधानाध्यापक हिमप्रसाद दहालले बताउनु भयो । दहालका अनुसार विधालयमा अंग्रेजी माध्यमसँगै प्रविधीमैत्री कक्षा संचालन पछि स्थानीय संस्थागत विधालयहरुका विधार्थी समेत अध्ययन गर्न आउन थालेका छन् ।

इन्टरनेटबाट संचालन हुने प्यानलबोर्ड मल्टिमिडियाका लागि प्रयोग हुने गर्छ । यसले गर्दा अधिकांश विधार्थीहरु टिफिन समयमा पनि इन्टरबाट खोजी गरेर अध्ययन गर्ने गरेकाले अध्ययनमा सहज भएको विधार्थीले बताएका छन् । प्रविधिको जडानले विधार्थीलाई मात्र होइन शिक्षकलाई पनि सहज भएको छ । कतिपय नयाँ कुराको जानकारी दिन समस्या भोग्दै आएका शिक्षकलाई समेत प्रविधिले धेरै सहज भएको शिक्षक यमनारायणले प्रधानले बताउनु भयो । प्रधानका अनुसा यस अघि प्रविधि जडान नुहँदा विधार्थीका कतिपय जिज्ञासा समाधान गर्न अरुसँग बुझ्नु पर्ने या खोज्नु पर्ने अवस्था विधालयमै इन्टरनेट जडान गरेर अध्यापन गराउन मिल्ने प्यालन बोर्ड जडानले समाधान गरेको छ । इन्टरनेट प्रविधिबाट अध्यापन गराउँदा विधार्थीलाई मात्र नभई शिक्षक समेत अपडेट हुने अवसर प्राप्त भएको उहाँले बताउनु भयो ।

जिल्लाका अधिकांश मावि तहका विधालयमा इन्टरनेट मार्फत पठनपाठन गर्ने अभ्यास थालिएको छ । तर हरेक कक्षा कोठामा इन्टरनेट पुर्याएर अंग्रेजी माध्यमबाट पढाइ थालेका सामुदायिक विधालयमा भने विधार्थीको आकार्षण बर्षेनी बढ्दै गएको शिक्षा विकास तथा समन्वय इकाइ झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दक्षिणी झापामा एकसाथ ३ वटा विओपी उद्घाटन
Next post आइतबार बर्षा र हिमपात हुन सक्ने संभावना