आइतबार बर्षा र हिमपात हुन सक्ने संभावना

२० माघ २०८०,काठमाडौं– भोलिबाट देशका अधिकांश स्थानमा बर्षा र हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

महाशाखाले दिएकाे जानकारी अनुसार पश्चिमी न्यून चापीय प्रणाली  सक्रिय हुँदा आइतबार सुदूरपश्चिम प्रदेशका साथै कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बागमती र कोही प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम बर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

मौसम प्रणालीको असरले तापक्रम अझ घट्ने  र चिसो बढ्ने सम्भावना रहेको भन्दै सतर्कता अपानाउ महाशाखाले जनाएको  छ । वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ । सोमबार साँझबाट क्रमशः मौसममा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रविधिमैत्री अध्यापनले सामुदायिक विधालयमा विधार्थीको आकार्षण बढ्दो (फाेटाे फिचर)
Next post नेपालकै सवै भन्दा धेरै रहेको झापाका नेपाली हाते कागजका घरेलु उद्योग संकटमा (फाेटाे फिचर)