महिलाको अगुवाइमा थालिएको विऊ उद्योगबाट झण्डै १ करोड नाफा (फाेटाे फिचर)

२७ माघ २०८०/झापा

झापाको गौरादहमा विऊ उत्पादनमा लागेका किसानले यो बर्ष झण्डै १ करोड नाफा कमाउन सफल भएका छन् । ८ सय विगाह क्षेत्रमा विऊ खेती गर्दै आएका किसानले विऊको प्रशोधन र उत्पादनमा ८ करोड ६५ लाखको कारोवार गरेका छन् । कारोवारबाट खुद नाफा मात्र ८२ लाख गरेको आज भएको सातौं बार्षिक साधारणसभामा अध्यक्ष गोमादेवी विष्टले जानकारी दिनु भयो । कार्याक्रममा उत्कृष्ट र गुणस्तर विऊ उत्पादन गर्ने ६ जना किसानलाई सम्मान समेत गरिएको छ । नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले संचालन गरेको विऊ उद्योगमा विऊ उत्पादनमा लागेका ६ जना किसानलाई प्रोत्साह स्वरुप सम्मान गरिएको हो । सम्मानित हुनेमा राधिका राई, राधादेवी भट्टराई, राजकुमार श्रेष्ठ, रेवती प्रसाद धमला, अशोक श्रेष्ठ र शुष्मा प्रधान रहेका छन् ।

धान, मकै, गहुँ, फापर, तोरी, राजमा लगायतको विऊ खेतीमा लागेका २ सय ५० जना किसान मध्ये उत्कृष्ट ६ जना किसानलाई गौरादह नगरपालिकाका उपप्रमुख कार्याक्रमकी प्रमुख अतिथि जलबर्षा राजवंशी र संस्थाका अध्यक्ष मिनाकुमारी ढकालले सम्मान गर्नु भएको छ । कार्याक्रममा उपप्रमुख राजवंशीले नगरपालिकाले यस बर्ष कृषि क्षेत्रको विकासमा जोड दिएको बताउनु भयो । उहाँले तोरीको मुल विऊ उत्पादन, चाक्लाबन्दी, सिंचाई लगायतका धेरै वटा कार्याक्रम संचालनमा रहेको बताउनु भयो ।

कार्याक्रममा विऊ उत्पादनमा लागेका किसानलाई लाभाशं रकम समेत वितरण गरिएको छ । विऊमा काम गर्ने किसानले यो बर्ष शेयर पूँजीमा १८ प्रतिशत नाफा र बाली अुनसार प्रति मन ४० देखि ३ सय रुपयाँसम्म लाभाशं रकम वितरण गरिएको छ । विऊ उद्योगले ९ करोड ९१ लाख प्रस्ताव गरिएको भए पनि आर्थिक बर्ष २०७९÷८० मा ११ करोड १८ लाख ९६ हजारको कारोबार भएको संस्थाका अध्यक्ष गोमादेवी विष्ट सुवेदीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा समूहमा सोनाम ल्होछार (फाेटाे फिचर)
Next post आर्थिक बृद्धिदर बढेकाले लगानी बढाऔंः अर्थ मन्त्री महत