दमकको बालुवाटारको जग्गाबारे न्यायको माग गर्दै गाउँलेको भेला (फाेटाे फिचर)

१८ फाल्गुण २०८०/झापा
दमक नगरपालिका वडा नं. ८ र ९ को झण्डै ५९ विगाह जमिन व्यक्तिको नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचार विरुद्ध मुद्धा दर्ता गरेको भन्दै सो क्षेत्रमा बसोवास गर्ने बासिन्दाले उचित न्यायको माग गरेका छन् ।
दमक वडा नं. ८ मा झण्डै ३ सय बढी गाऊँलेहरुले ३० साल अघि देखि बसोवास गरी सरकारी निकायबाटै जग्गा धनीपूर्जा दिएर बर्र्षौं पछि आएर विगो तोकेमा आफूहरु पीडित भएको उनीहरुले गुनासो गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको चिया बगान क्षेत्रको जग्गाको सट्टा भर्ना दिएको जग्गामा आफूहरु बसेको र सोही अनुसार धनीपूर्जा दिएर अहिले आएर सरकारी जग्गा भन्दा आफूहरु अन्यायमा परेको सो क्षेत्रका जेष्ठ खड्ग दाहालले बताउनु भयो ।
यस्तै सो क्षेत्रमा सवै भन्दा धेरै विगो तोकिएको नेकपा माओवादी केन्द्रका नेता गगन पुरीले आफ्नो बाऊ बाजेले आफू नजन्मदै २००२ साल देखि नै फडानी गरेर आधिकारिकरुपमा धनीपूर्जा लिएको र सरपट नापी समेत भएको जग्गामा राजनैतिक इगो साँधेर आफूलाई सार्वजनिक सम्पति हिनामिना गरेको आरोप लगाएको बताउनु भयो । उहाँले सम्मानित अदालतबाट आफू दोषी ठहर गरे जस्तोसुकै सजाय भोग्न तयार भएको बताउनु भयो ।


यस्तै स्थानीय बासिन्दा रुपलाल धिमालका अनुसार आफ्नो बाऊले नै खरिद गरेर बसेको जग्गा आज आएर अख्तियारले विगो तोके पछि कहाँ जाने के गर्ने अवस्था आएको दुखेसो पोख्नु भयो । यस्तै सरस्वती बस्नेतले आफ्नो ससुराले ३ कठ्ठा जमिन ९ बर्ष अघि नै लिएको र सरकारले राजश्व समेत असुल गर्दै आएको जग्गा हाल आएर सरकारको निकायले नै ५५ लाख विगो तोके पछि आफू जस्तै बस्तीका बासिन्दा सवै चकित परेको बताउनु भयो । न अहिले सरकारलाई विगो तिर्ने पैसा छ न कुनै घुस खुवाएर बनाएको धनीपूर्जा हो उहाँले बताउनु भयो । अव सरकारले जहाँ लान्छ जे गर्छ आफूहरु भोग्न तयार भएको बताउनु भयो ।
सो क्षेत्रमा ३ सय ५९ घर परिवारलाई २ देखि ६ करोडसम्मको विगो दावी गर्दै गत साता मात्र अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ । तर आयोगले मुद्धा दायर गरेको क्षेत्रमा सयौं घर परिवार सुकुम्बासी र जग्गाधनी पूर्जा भएका बासिन्दाहरुको बसोवास रहेको छ । अन्यायमा परेको भन्दै भेलाका बासिन्दाले आक्रोस समेत पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post च्याऊ खेतीबाट विदेशमा भन्दा राम्रो कमाइः बार्षिक १ करोड बढीको कारोवार गर्दै केही युवाहरु (फाेटाे फिचर)
Next post १२ बर्षसम्म पनि पुल हुलाकी सडकमा पर्ने कन्काइ र रतुवामा पुल नबन्दा अझै हटेन जोखिम (फाेटाे फिचर)