च्याऊ खेतीबाट विदेशमा भन्दा राम्रो कमाइः बार्षिक १ करोड बढीको कारोवार गर्दै केही युवाहरु (फाेटाे फिचर)

१७ फाल्गुण २०८०/डिकेश लामा

लामो समयको मेहनेत पछि च्याऊ खेतीमा सफल बनेका युवाहरुले विदेशमा भन्दा आकार्षक कमाइ गर्न सफल बनेका छन् । मेहनेत गर्दा स्वदेशमै मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने कुरा च्याऊ खेतीमा लागेका युवाहरुले देखाएका छन् । स्वदेशमा अवसर देख्न नसक्ने युवाहरु धमाधम विदेश गइरहेको वेला विदेशमा भन्दा राम्रो कमाई गर्ने युवाहरु पनि धेरै छन् । गाउँघरमै बसेर लाखौं रुपयाँ कमाउन सफल युवा हुन् दमक वडा नं. २ का नेत्र जवेगु । जवेगुले बार्षिक १ करोडको कारोवार गर्दै आउनु भएको छ । उहाँले १० बर्ष च्याऊ खेती गरिसक्दा दमकमा आरसीसी घर निर्माण र जग्गा खरिद समेत गरिसक्नु भएको छ । २ वटा टहराबाट च्याऊ खेती थाल्नु भएको उहाँले अहिले ३२ वटा टहरामा एक सिजनमा ५० हजार बढी पोका च्याऊ लगाउँदै आउनु भएको छ । एक पोकामा १ देखि २ केजीसम्म च्याऊ उत्पादन हुने उहाँको अनुभव रहेको छ ।


उहाँले आफू मात्र नभइ धेरैलाई दैनिक रोजगारी दिन समेत सफल हुनु भएको छ । अहिले उहाँसँग दैनिक १५ देखि २० जनाले रोजगारी पाउनु भएको छ । शुरुमा च्याऊ कसरी रोप्ने भन्ने ज्ञान समेत नभएको जवेगु अहिले आफैले ल्याव स्थापना गरी च्याऊको विऊ उत्पादन र विक्री समेत गर्दै आउनु भएको छ ।

यस्तै झापाको गौरादह नगरपालिका वडा नं. ४ का गोपाल प्रसाद खरेलले पनि राम्रो आम्दानी गर्न सफल युवाहरुमा पर्नु हुन्छ । च्याऊ खेतीबाटै जग्गा जमिन जोड्न सफल बन्नु भएका खरेलका अनुसार सरकारले बजारको ग्यारेन्टी गर्ने हो भने स्वदेशमै विदेशमा भन्दा राम्रो कमाई गर्न सकिन्छ । उहाँले पनि केही घरेडी जोड्न सफल हुनु भएको छ । यस्तै जिल्लामा १ सय ५० बढी व्यवसायिक ठूला च्याऊ फार्महरुले राम्रो आम्दानी गर्दै आएका छन् ।

पछिल्लो समय सामाजिक संजालमा देशमा केही छैन र हुँदैन भन्ने भ्रामक हल्लाबाजी धेरै भाइरल हुने गरेको छ । तर वास्तविकता मेहनेत गर्ने युवाहरुका लागि गाउँघरमै बसेर विदेशमा भन्दा राम्रो कमाइ गर्न सकेको सफल युवाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गौरादहका महिलाहरुले संचालन गरेको लघु उद्यमले गाऊँघरमै रोगजारी (फाेटाे फिचर)
Next post दमकको बालुवाटारको जग्गाबारे न्यायको माग गर्दै गाउँलेको भेला (फाेटाे फिचर)