सहिद सप्ताह समापनः उपेक्षामा परेको सहिद तथा वेपत्ता परिवारको गुनासो (फाेटाे फिचर)

२१ फाल्गुण २०८०/झापा
सहिद तथा वेपत्ता परिवारका सदस्यले आफूहरु अझै पनि राज्यको उपेक्षामा परेको गुनासो गरेका छन् । शहिद स्मृती दिवश २०८० सप्ताह कार्याक्रमको समापनमा आज झापामा गरिएको कार्याक्रममाझ पीडित परिवारले राज्यले अझै पनि सहिद र वेपत्ता भएका परिवारको वास्तविक समस्याबारे बुझ्न नसकेको बताएका छन् । कार्याक्रममा द्वन्द्व पीडित संघर्ष समितिका केन्द्रिय सदस्य वेपत्ता भएका राजन घिमिरेका पिता रत्न घिमिरले नेतृत्व तहले देशमा आएको परिवर्तन गर्नेहरुको सपना टेकेर उनीहरुले बाटो भुल्दै गुनासो पोख्नु भयो । यस्तै सहिद तथा वेपत्ता परिवारका लालसुन्दर राईले सरकारले शहिद परिवारलाई बेवास्ता गरेको गुनासो गर्नुभयो । उहाँहरुले सहिदको बलिदानीले व्यवस्था परिवर्तन भए पनि अवस्था नफेरिएको उल्लेख गर्नुभयो । कम्युनिष्ट नेताहरुले सहिदको सपना र भावना अनुरुप नचलेको उनीहरुले बताउनुभयो ।

यस्तै कार्याक्रममा कोशी प्रदेशमा सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले पनि सहिदको सपना अझै पुरा हुन नसकेको बताउनु भयो । उहाँले सहिद तथा वेपत्ता परिवारका लागि राज्यले गरेको कार्याक्रम अझै पनि उपलव्धीमुलक बन्न नसकेकाले यस प्रति आफूले यस मुद्धालाई संसदमा उठाउने बताउनु भयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य झलकसिंह दर्लामी, नेकपाका केन्द्रीय सदस्य सुमन सी, नेकपा एकीकृत समाजवादीका झापा अध्यक्ष बेदराज रेग्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा झापाका सक्रीय संचारकर्मी राजु पाठककाे सम्पादकत्वमा प्रकाशित सुखानी सन्देशले सुखानी घटनासँग जाेडिएका जानकार र भुक्तभाेगीकाे विचार विश्लेषण सहितकाे विशेषाङ्क समेत विमाेचन भएकाे छ । मन्त्री कार्कीले विमाेचन भएकाे पुस्तकबारे झापाका अग्रज पत्रकार माेहन काजी र सम्पादक पाठकले जानकारी दिँदै पत्रिकाकाे विशेषाङ्कले सुखानीकाे इतिहास लेख्नेका लागि पनि एउटा दरिलाे दस्तावेज भएकाे बताएका छन् । कार्यक्रममा ८४ जना सहिद परिवारका सदस्यलाइ दाेसल्ला अाेढाएर सम्मान समेत गरिएकाे छ ।

झापा जिल्ला निरंकुश पञ्चायती व्यवस्था अन्त्य गर्न आन्दोलन गर्ने ५ जनालाई हत्या गरिएको दिन फाल्गुण २१ गर्ने जिल्लाको विभिन्न स्थानमा कार्याक्रम गर्ने गरिएको छ । कम्युनिष्ट आन्दोलनका अगुवा सहिद १७ देखि ३४ बर्षका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेनसिंह राजबंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ रहेका छन् । उनीहरुलाई झापा र इलामको सिमावर्ती क्षेत्र सुखानीमा २०२९ साल फाल्गुण २१ गते हत्या गरिएको थियो । सहिद प्रतिष्ठान नेपाल झापाका अध्यक्ष निर्मल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सचिव विरेन्द्र बस्नेतले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रोगका कारण बंगुर पालक किसान विस्थापित हुँदैः झापामा आधा भन्दा धेरै किसानका खोर रितियो
Next post नेपालमा पहिलो पटक झापामा व्यवसायिक लाहा खेतीः अन्य जिल्लामा समेत विस्तार हुँदै (फाेटाे फिचर)