संविधानसभा सदस्य सहित गाउँनै केरा खेतीमा आकार्षित (फाेटाे फिचर)

१६ चैत्र २०८०/डिकेश लामा
झापाको झापा, कन्काई र बाह्रदशीको सिमावर्ती क्षेत्रमा पछिल्लो समय केरा खेती तर्फ किसानको आकार्षण बढ्दै गएको छ । गाऊँमा युवाहरुले केरा खेतीबाट राम्रो आम्दानी गर्न थाले पछि धान खेती गर्ने किसानहरु समेत केरा खेतीमा लागेका छन् ।

२०६४ सालको संविधानसभा सदस्य पूजा खनालले लामो समयसम्म राजनैतिक जिवन विताउनु भयो । नेकपा माओवादी केन्द्रबाट संविधानसभा सदस्य बन्नु भएकी खनालले पछिल्लो समय ७ विगाह क्षेत्रमा व्यवसायिक केरा खेती थाल्नु भएको छ । खनालका अनुसार एक घर एक रोजगारी भन्ने पार्टीको सिद्धान्त बमोजिम आफूले रोजगारी अवसर सृजना गरेको बताउनु भयो ।

जिल्लामा संघीयता कार्यान्वयन यता केरा खेती गर्ने किसानलाई कृषि ज्ञान केन्द्र मार्फत अनुदानका कार्याक्रम संचालन गरी केरा खेती विस्तार हुँदै गएको छ । खेती गर्नका लागि क्षेत्र विस्तरमा सिंचाई, कृषि यन्त्र र ढुवानीका साधान समेतमा अनुदान दिए पछि दक्षिणी झापामा केरा खेती बढ्न थालेको हालै आएर व्यवसायिक केरा खेती गर्दै आउनु भएका झापा गाउँपालिका वडा नं. ३ का महेश मुर्मले बताउनु भयो । मुर्मुका अनुसार ३ विगाह क्षेत्रमा थालेको केरा खेतीबाट आफू अन्नबालीको खेती भन्दा धेरै सन्तुष्टी रहेको बताउनु भयो ।

यस्तै बाह्रदशी गाउँपालिका वडा नं. ७ मा यस अघि केरा ब्लक कार्याक्रम संचालन गर्दै आएका किसानले समेत यो बर्ष केरा खेती विस्तार गर्न थालेका छन् । ८ विगाह क्षेत्रफलमा केरा खेती गर्दै आउनु भएका लक्ष्मिप्रसाद चिमरियाले यो बर्ष पुन एक विगाह क्षेत्रमा केरा खेती विस्तार थाल्नु भएको छ । चिमरियाले बर्षमा झण्डै आधा करोडको कारोबार केरा विक्रीबाटै गर्दै आउनु भएको छ । पछिल्लो समय दुर्गामाता केरा खेतीको सामुहिक केरा खेतीले अरुलाई समेत आकार्षण गराएको उहाँले बताउनु भयो ।

झापामा अनुदानका कार्याक्रम संचालन भए यता झण्डै २ सय हेक्टर क्षेत्रफलमा केरा खेती विस्तार भइसकेको छ । भारतबाट आउने केरा रोक्न सके नेपालमा अझै केरा खेती विस्तार हुने र किसानले समेत लाभ लिने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पशु पालक किसान दाेहाेराे मारमाः लम्पीले कोशी प्रदेशमा ११ हजार बढी पशुको मृत्यु
Next post पत्रकार महासंघको झापाकाे कार्यालयमा झण्डोताेलन