झापामा रैथानेबाली विस्तारमा किसान उत्साहित

१७ चैत्र २०८०/बालदिवश तामाङ

रैथाने बाली फापर खेती तर्फ झापाका किसानको आकार्षण बर्षेनी बढ्दै गएको छ । सरकारले अनुदानका कार्याक्रम संचालन गर्न थाले पछि खेती विस्तारसँगै उत्पादन समेत बढ्न थालेको छ । मानव स्वास्थ्यमा लाभदायक मानिने फापर खेती यस बर्ष जिल्लामा धेरै बढेको छ । लोपोन्मुख बालीको संरक्षण र आवश्यकता बढे पछि ६ लाख रुपयाँ बजेटको अनुदानमा नगरभित्र फापर खेती थप विस्तार गरेको गौरादह नगरपालिका कृषि शाखाका प्रमुख शिव न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार फापर खेतीमा अनुदान दिए पछि किसानलाई मौरी समेत वितरण गरिएको छ । तोरी र फापरको फुलबाट मह समेत राम्रो संकलन हुने भए पछि एक अर्काबीच सहयोगी खेतीलाई प्रसय दिएको उहाँले बताउनु भयो ।

अगुवा खेती गर्ने किसानले धमाधम फापर उठाउने काम समेत गर्न थालेका छन् । धेरै खेती गर्ने किसानले फापरको प्रयोग र विक्री समेत गर्दै आएका छन् । यो बर्ष फापर र तोरीको उत्पादन समेत सन्तोषजनक रहेको कमल गाउँपालिका वडा नं. ४ का किसान टेकबहादुर श्रेष्ठले बताउनु भयो ।

गौरादहमा संचालित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको सामुदायिक विऊ उत्पादन तथा प्रशोधन केन्द्रले फापर उत्पादनलाई थप जोड दिएको छ । किसानलाई विऊ दिने र खरिद समेत गरि दिने भए पछि खेती विस्तारमा किसानहरुको आकार्षण बढेको महारानीझोडा साना किसान कृषि सहकारी संस्था मुख्य व्यवस्थापक चिरञ्जीवि भण्डारीले बताउनु भयो ।केही बर्ष अघि झापामा फापर लगायतका रैथानेबाली लोप हुने अवस्थामा पुगेका थिए । तर संघीयता पछि बनेका ३ तहको सरकारले रैथानेबालीमा अनुदान दिन थाले पछि बर्षेनी खेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पत्रकार महासंघको झापाकाे कार्यालयमा झण्डोताेलन
Next post महिलामा बाँझोपन बढ्दाेः ओम मेचीले निशुल्क शिविर गर्दै