महिलामा बाँझोपन बढ्दाेः ओम मेचीले निशुल्क शिविर गर्दै

१८ चैत्र २०८०/झापा– वैवाहिक उमेर र स्वास्थ्यका कारण पछिल्लो समय महिलामा बाँझोपन हुने समस्या बढ्दै गएको छ । झापाको दमकमा आइतबार स्त्रीरोग विशेषज्ञ डाक्टरहरुको समूहले गरेको पत्रकार भेटघाट कार्याक्रममा डा. शंकर हुजदारले विवाह गर्ने उमेर र स्वास्थ्यका कारण महिलाहरुमा पछिल्लो समय बाँझोपन बढ्दै गएको बताउनु भयो ।

डा. हुजदारका अनुसार केही बर्ष यता बाँझोपनको प्रतिशत १० देखि बढेर १५ मा पुगेको छ । यो समस्या महिलाले उमेरमै विवाह नगर्नु र स्वास्थ्य आहार विहारको अभावले बढेको उहाँले बताउनु भयो । विवाह गर्ने उमेरमा विदेशमा जाने र समयमा विवाह नहुनु, याैन राेग बढ्नु र स्वास्थ्य अाहार विहारकाे अभावले बाँझाेपन बढेकाे डाक्टरहरूकाे भनाइ छ।

महिलामा बढ्दै गएको बाँझोपनलाई लक्षित गरी झापा जिल्लामा अधिक प्रसुति गराउने अस्पतालको रुपमा चिनिएको दमकको ओम मेची अस्पतालले आगामी चैत्र ३० गते निशुल्क बाँझोपनको शिविर र सचेतना कार्याक्रम गर्ने जानकारी दिएको छ । बाँझोपनमा बढ्दै गएको समस्या परिक्षण गर्न भारतीय विशेषज्ञ डाक्टरको टोली आउने अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा रैथानेबाली विस्तारमा किसान उत्साहित
Next post पेट्रोलको मूल्य बढ्यो