पेट्रोलको मूल्य बढ्यो

१८ चैत्र २०८०, सारासन्देश– नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएसँगै नेपालमा पनि बढाइएको निगमले जानकारी दिएकाे छ । योसँगै काठमाडौँमा पेट्रोलको मुल्य १७५ रुपियाँ प्रतिलिटर पुग्ने भएकाे छ । जुन मुल्य आज राती १२ बजेपछि लागु हुनेछ ।

यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतलिटर ०.३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०.३८ रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७.४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको निगमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post महिलामा बाँझोपन बढ्दाेः ओम मेचीले निशुल्क शिविर गर्दै
Next post झापाका पत्रकारलाई तालिमः एआइले पत्रकारितामा चुनौतीसँगै थपिँदै