झापाका पत्रकारलाई तालिमः एआइले पत्रकारितामा चुनौतीसँगै थपिँदै

१९ चैत्र २०८०/ झापा
मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआइ (आर्टीफिसियल इन्टिलिजेन्स) ले चुनौती थप्दै गएको बताइएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहयोगमा झापाको कमल गाउँपालिकामा भएको दुई दिने पत्रकारिता तालिममा एआइको प्रयोगले चुनौतीसँगै केही अवसर समेत सृजना गरेको बताइएको छ ।
नेपाल इन्भेटिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्कका प्रधान सम्पादक रजनिश भण्डारी र प्रशासनिक प्रमुख उज्वल ज्योति शाक्यको सहजीकरणमा भइरहेको तालिमका बक्ताहरुले सो कुरा बताएका हुन ।

पछिल्लो पत्रकारितामा आएका प्रविधि र एप्लिकेशनले पत्रकारिता र पत्रकारको तथ्याङक चोरी हुने जोखिमसँगै कार्यशैली समेत परिवर्तन हुँदा चुनौती थपिँदै गएको प्रमुख प्रशिक्षक भण्डारीले बताउनु भयो ।
कार्याक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले पत्रकार र पत्रकारिताको विकासमा स्थानीय सरकार सँधै तत्पर रहेको बताउनु भयो । उहाँले पत्रकारले सरकारलाई सत्य तथ्यमा रहेर खबरदारी नगरे जनप्रतिनिधिलाई समेत सुधार गर्ने कार्यमा असहयोग हुने बताउनु भयो ।


यस्तै कार्याक्रममा उपप्रमुख जलबर्षा राजवंशीले पत्रकारहरुले स्थानीय जनप्रतिनिधिको चुनौती र समस्या प्रति पनि पत्रकारले मार्ग प्रसस्त हुने गरी आवाज उठाउनु पर्ने बताउनु भयो ।
समाज विकासका लागि निर्वाचित भएका जनप्रतिनिधिलाई सचेत गर्ने तथा राम्रा अभ्यासबारे समेत आवाज उठाउनु पर्ने उहाँले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्याक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछाने, प्रेस चौतारी नेपालका लेखा आयोग सदस्य विष्णु प्रसाद पोखरेल, प्रेस मञ्च नेपालका केन्द्रिय अध्यक्ष कमन देवान, प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराई, फोनिज झापाकी अध्यक्ष भूमिका फियाक लगायतले शुभकामना मन्तव्य राख्नु भयो ।


शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरी थालिएको कार्याक्रममा मोवाइल र डिजिटल पत्रकारिताबारे प्रशिक्षण गरिएको छ । जिल्लाका ५० बढी पत्रकारको सहभागिता रहेको तालिम भोलि अभ्यास गर्दै समापन हुने शाखाका सचिव कार्याक्रम संचालक डिकेश लामाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पेट्रोलको मूल्य बढ्यो
Next post प्रविधिको चुनौती चिर्दै पत्रकारिता गर्नु पर्नेमा जोड (फाेटाे फिचर)