प्रविधिको चुनौती चिर्दै पत्रकारिता गर्नु पर्नेमा जोड (फाेटाे फिचर)
२० चैत्र २०८०/झापा
पछिल्लो समय पत्रकारितामा एआइ अर्थात आर्टीफिसियल इन्टिलिजेन्स ले चुनौती थप्दै गएको बताइएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहयोगमा झापामा भएको दुई दिने पत्रकारिता तालिममा अग्रज पत्रकारहरुले विभिन्न एप्सबाट हुने जोखिमबाट आफूलाई सुरक्षित गर्दै पत्रकारहरुले काम गर्नु पर्ने बताएका छन् ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीको प्रमुख आथित्यमा भएको उद्घाटन कार्यक्रममा पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष विमल लामिछाने, फोनिजका पूर्व कोशी प्रदेश संयोजक दिपिन राई, महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतका पत्रकारजन्य संगठनका नेतृत्वले प्रविधिको प्रयोगसँगै समाचारीय मुल्य मान्यतालाई स्थापित गर्नु पर्नेमा जोड दिएका छन् ।
झापाका विभिन्न संचार माध्यमका ५० जना सहभागी रहेको २ दिने मोजो एण्ड डिजिटल तालिम नेपाल इन्भेटिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्कका प्रधान सम्पादक रजनिश भण्डारी र प्राविधिक प्रमुख उज्वल ज्योति शाक्यको सहजीकरण गर्नु भएको छ । तालिममा सहभागीको तर्फबाट बोल्दै पत्रकार पर्वत पोर्तेल र मञ्जु डाँगीले तालिम प्रभावकारी भएको बताउनु भएको छ ।
तालिममा पछिल्लो समय मेल र अन्य महत्वपूर्ण तथ्याङ्क समेत ह्याक हुने समस्याबाट बच्ने र प्रयोग गर्ने तरिकाबारे अभ्यास समेत गराइएको छ ।