बुबासँग पराजित खड्का इलाम २ को उपनिर्वाचनमा पुनः छाेरा सुहाङसँग भिड्दै

२२ चैत्र २०८०, सारासन्देश समाचार – बुबासँग झिनाे मतले पराजय भाेग्न बाध्य नेपाली काँग्रेसका उम्मेद्वार बनेका डम्बरबहादुर खड्काले पुनः उपनिर्वाचनमा उठ्ने भएका छन् । नेपाली कांग्रेसले उप-निर्वाचनका लागि आज बसेकाे बैठकले उम्मेदवार टुंग्याउँदै खड्कालाई नै उमेद्वार बनाउने निर्णय गरेको छ  । २०७९ काे निर्वाचनमा सुवास नेम्बाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गर्नु भएकाे थियाे । खड्का र नेबाङबीच १ सय १४ मतकाे अन्तर भएकाे थियाे । यस बर्ष स्व. नेम्बाङकाे स्थानमा उहाँकाे छाेरा सुहाङ नेम्बाङलाई उम्मेद्वार बनाएकाे छ । यस अघि काँग्रेश र माओवादीबीच गठबन्धन थियाे भने याे उपनिर्वाचनमा माओवादीले एमालेलाई  सहयाेग गर्ने उच्च नेतृत्वबीच सहमति भएकाे छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ र बझाङ प्रदेशसभा १ कालागि उम्मेदवार टुंग्याएकाे हाे । यस्तै बझाङ प्रदेशसभा १ अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उप-सभापति धनराज गुरुङले जानकारी दिनुभयाे ।

यसअघि हिजाे बसेको संसदीय बोर्डको बैठकमा सभापति देउवाले इलाम २ मा खड्का र बझाङ प्रदेशसभा १ मा सिंहको नाम प्रस्ताव गर्नुभएकाे थियाे । संसदीय बोर्डको निर्णयलाई आजै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ । यस्तै इलाम क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्रकाे तर्फबाट मिलन लिम्बु र स्वतन्त्र उम्मेद्वारकाे रूपमा डकेन्द्रसिंह थेगिम निर्वाचनकाे मैदानमा उत्रिसकेका छन् ।

वैशाख १५ मा हुने उप-निर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कृषि उपार्जनकाे बजारीकरणका लागि किसानलाई तालिम
Next post दमक खानेपानीमा बाम भर्सेज लोकतान्त्रिक प्यानल (फाेटाे फिचर)