दमक खानेपानीमा बाम भर्सेज लोकतान्त्रिक प्यानल (फाेटाे फिचर)
२३ चैत्र २०८०/झापा
बाम एकताको सरकार बनेसँगै तल्ल तहको निर्वाचनमा समेत एकता हुन थालेको छ । झापाको दमकमा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आज सम्पन्न निर्वाचनमा बाम एकता भएर उम्मेद्वारी दिएका छन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा दुई खेमामा निर्वाचनमा होमिएका छन् । बाम गठबन्धनमा नेकपा एमाले, माओवादी, समाजवादी, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीको प्यानल बनेको छ । यस्तै काँग्रेस, राप्रपा र संघीय लिम्बुवान प्रान्तीय मंचको अर्को लोकतान्त्रिक प्यानल बनेको छ ।
९ सदस्ययीय कार्य समिति र ३ सदस्ययीय लेखा समिति चयनका लागि ३९ जनाको उम्मेद्वार परेको निर्वाचन आयोगका प्रमुख यज्ञराज निरौलाले बताउनु भयो । ६ हजार २ सय ८२ मतदाता रहेको संस्थामा कुल मतको ६९ दशमलव २६ प्रतिशत मत खसेको छ । निर्वाचनको मत गणना भोलि विहान देखि हुने छ ।
५ बर्षमा हुने निर्वाचनमा निर्वाचति बहुमत प्यानलबाट अध्यक्ष सहित अन्य समिति गठन गर्ने खानेपानीको विधान रहेको छ ।