दमकमा भएकाे आगलागीमा अढाइ करोडको क्षती (फाेटाे फिचर)

२८ चैत्र २०८०/झापा
झापाको दमकमा मंगलबार साँझ भएको आगलागीमा झण्डै अढाइ करोड बराबरको क्षति भएको छ । दमकको लाईफ लाइन अस्पतालको डायलिस वार्डका स्वास्थ्य उपकरण सहित अन्य दुई वटा होटल जल्दा ठूलो क्षति भएको हो ।


दमक वडा नं. ५ का प्रेम धिमालको स्नेहा होटलबाट मंगलबार साढे सात बजे साँझ इन्भटरको विधुत सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । धिमालको मात्र नगद, ३२ तोला सुन र घर सहित झण्डै ८० लाखको क्षति भएको छ । यस्तै अस्पतालको डायलिस मेशिन ६ थान, मेडिकल उपकरण सहित ढेड करोडको क्षति भएको छ । यस्तै हल्दिबारी घर भइ दमकमा होटल संचालन गर्ने मेखबहादुर तामाङको होटल पूर्णरुपमा जलेको छ । तामाङको १३ लाख बराबरको क्षति भएको छ ।


शुरुमा धिमालको घरबाट आगो उठेको थियो । ठूलो क्षति भएका होटल व्यवसायीको कुनै पनि धनमाल निकाल्न नपाई जलेर खरानी बन्दा विपत परेको अग्नि पीडितले दुखेसो पोखेका छन् ।

विभिन्न पालिका ६ वटा दमकल, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा सहितको प्रयासमा १ घण्टामा आगो नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काँकडभिट्टा लौकही सडक धमाधम विस्तार हुँदैः ९५ किलो मिटरमा झण्डै ३० अर्व खर्च हुने
Next post झापामा यस बर्ष तोरी खेती र उत्पादनमा बृद्धि (फाेटाे फिचर)