पत्रकारिताको उचाई घटाउनु हुन्नः पूर्व राष्ट्रपति डा. यादब (फाेटाे फिचर)

३ वैशाख २०८१/झापा
संघीय गणतन्त्रात्मक नेपालका प्रथम तथा पूर्व राष्ट्रपति डा. रामबरण यादवले पत्रकारिताको उचाइलाई घट्न नदिन आग्रह गर्नु भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार उपचार कोष १ करोड घोषणा गरेको अवसरमा दाताहरुलाई सम्मान गर्दै उहाँले नेपालको पत्रकारिता दक्षिण एशियामा उच्च रहेको र त्यसको गरिमालाई घटन दिन नहुने बताउनु भयो ।

कार्याक्रमका प्रमुख अतिथि रहनु भएका डा. यादवले पत्रकारको सामाजिक सुरुक्षामा पूर्वी नेपालको झापा शाखाले थालेको अभियान देश व्यापी गर्नु पर्ने बताउनु भयो । कार्याक्रममा कोशी प्रदेशका पूर्व मुख्य मन्त्री हिक्मतकुमार यादव, उद्धव थापा, केन्द्रिय अध्यक्ष विपुल पोखरेल लगायत सामाजिक अगुवाहरुले पत्रकार महासंघ झापा शाखाले गरेको कार्य अनुकरणीय भएको बताएका छन् । यस्तै पत्रकार महासंघलाई सहयोग गर्ने दमक, गौरादह, गौरीगंज, झापा, बाह्रदशी, कचनकवल, कन्काई, भद्रपुर, अर्जुनधारा र विर्तामोड नगरपालिकाका प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई सम्मान पत्रले सम्मान समेत गरिएको छ ।
यस्तै आफूहरु सरकारको जिम्मेवार पदमा रहँदा महासंघको भवन निर्माण देखि अन्य विषयमा सहयोग गर्नु हुने कोशी प्रदेशका पूर्व मुख्य मन्त्री हिक्मतकुमार कार्की, उद्धव थापा, महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेल, कोशी प्रदेशका अध्यक्ष लिलावल्लभ घिमिरे लगायतलाई समेत सम्मान गरिएको छ । कार्याक्रममा नेपाल पत्रकार महासंघ झापाले केन्द्रिय अध्यक्ष सहित जिल्लाका पूर्व अध्यक्षहरुको बाहुलीबाट प्रमुख अतिथि डा. यादवलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको छ ।

शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्याक्रममा १ सय बढी दाताहरुलाई सम्मान गरिएको छ । दाताहरुले पत्रकार उपचार कोषमा ५ हजार देखि १५ लाखसम्म सहयोग गरिएको छ । महासंघका उपाध्यक्ष केशव भट्टराईले संचालन गर्नु भएको दाता सम्मान तथा भवन स्तरोन्नती उद्घाटन कार्याक्रममा विधार्थी तथा कलाकारहरुले देशभक्ती नृत्य समेत प्रस्तुत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post महाभारतकालीन ऐतिहासिक धार्मिक स्थलहरुको विकास हुँदै (फाेटाे फिचर)
Next post सुपारी उत्पादनमा गिरावट आउँदा झापाका किसान मर्कामा (फाेटाे फिचर)