इलाममा ६० प्रतिशत मतदान (फाेटाे फिचर)

१५ वैशाख २०८१,इलाम– इलाम क्षेत्र नं २ काे प्रतिनिधिसभाकाे उपनिर्वाचनमा मा ६० प्रतिशत मतदान भएको छ । शनिवार भएको उपनिर्वाचनमा ६० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएकाे हो । यो क्षेत्रमा १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ । मतदान पछि गाउँ-गाउँबाट मतपेटिकाहरु संकलन गरी सदरमुकाम पुर्याएकाे छ ।

सबै केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयाे । इलाम-२ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post इलाम  र बझाङमा शनिवार उपनिर्वाचन हुँदैछः निर्धक भएर मतदानमा सहभागी हुन अपील
Next post बझाङमा ५० प्रतिशत मात्रै मतदान