गोली प्रहारबाट विधार्थी घाइते

२१ वैशाख २०८१/दमक,झापा
गोलीको छर्रा लागेर दमकमा एक जना विधार्थी घाईते भएकी छिन् । दमक वडा नं. २ स्थित हिमालय माविमा कक्षा १२ मा अध्ययनरत विधार्थीलाई निजकै केटा साथीले पेस्तोल जस्तो हतियार पेटमा राखेर प्रहार गर्दा उनी घाइते भएकी हुन् । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका घर भइ हाल दमक वडा नं. ५ मा डेरा गरी बस्ने १८ बर्षीय एनिका अधिकारी गजमेरलाई गोली हान्दा पेटमा ढडेको र घाउ भएको छ । निजको कपडामा गोली जस्तो देखिने बस्तु समेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कृष्णकुमार चन्दले जानकारी दिनु भयो ।

घाइते विधार्थी खतरामुक्त रहेको बताइएको छ । उनको उपचार लाइफ लाइन अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको छ । प्रत्यक्षदर्शी दमक वडा नं. ५ जेष्ठ नागरिक निवासी अनुसार ड्याम्म आवाज आए पछि बाहिर निस्केर हेर्दा घाइते विधार्थी आफू तिर गुहार माग्दै आएको र केटा बाइक चढेर फरार भएको बताउनु भयो ।
गोली चलाउने केटाको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post उपनिर्वाचनमा दुवै स्थानमा एमालेको जीतः सुहाङ र दमन विजयी
Next post पत्रकार घिमिरेमाथि दुर्व्यवहार गर्ने थापाले मागे माफी