चट्याङ लागेर एक जनाकाे मृत्यु

२५ वैशाख २०८१, झापा– झापाको खुदुनाबरीमा चट्याङ लागेर आज साँझ एक जनाको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासे बस्ने ५४ बर्षीय मोहन प्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

घर नजिकैको मकैबारीमा मल लगाउदै गर्दा आज करिब ४ बजेर ५० मिनेट जादाँ गड्याङगुडुङसंगै परेको चट्याङले दुलालकाे छाती र पेटमा पिल्सिएकाे थियाे । घाईते अबस्थामा खेतमा भेटिएकाे उहाँलाई बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारको क्रममा उहाँकाे साँझ ६ बजेर २० मिनेटमा मृत्यु भएको झापा प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पत्रकार घिमिरेमाथि दुर्व्यवहार गर्ने थापाले मागे माफी
Next post पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना