झापामा माछाको भुरा उत्पादन नहुँदा किसान समस्यामाः याे बर्ष १० लाख रूपयाँ अनुदान

२९ वैशाख २०८१/बालदिवश तामाङ

माछा पालनमा आकार्षण बढ्दै गए पनि झापामा माछाको भुरा किसानलाई आवश्यक मात्रमा पुग्न सकेको छैन । सरकारी स्तरबाट भुरा उत्पादन नभएका र केही स्थानीय स्तरमा उत्पादन थालिएको भुरा यथेष्ट नहुँदा कतिपय किसान अझै पनि भारतीय भुरा ल्याएर जोखिम मोलेर माछा पालन गर्न बाध्य भएका छन् । झापामा लामो समय देखि सरकारको स्वामित्वमा रहेर संचालन हुँदै आएको शिवसताक्षी वडा नं. ७ मा रहेको चन्द्रडाँगी कृषि विकास फार्मले पनि ह्याचरिङ्ग गर्दै आएका कार्य बन्द गरे पछि किसानलाई थप मार परेको छ । सरकारले सुचिकृत गरेको माछाको भुरा आवश्यक मात्रमा पूर्वी नेपालमै कम उत्पादन भएकाले कतिपय किसानले डुलाएर भुरा ल्याएर विक्री गर्ने भारतीय व्यापारीको भर पर्नु परेको छ । नेपालमा आवश्यक मात्रमा स्थानीय स्तरमा उत्पादन हुन नसक्नु र भएका व्रिड समेत नबढने भएकाले किसानले दुखेसो पोख्ने गरेका छन् । यस बर्ष प्रदेश सरकार माताहत संचालित भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र झापा मार्पmत अनुदान उपलव्ध गरी स्थानीय स्तरमै माछाको भुरा उत्पादन थप टेवा दिइएको छ । तर यथेष्ट बजेट नहुँदा भुरा उत्पादनमा खासै ठूलो सहयोग हुन नसकेको लामो समय देखि माछा पालन गर्दै आउनु भएका कमल गाउँपालिका वडा नं. ७ का किसान दिलिप ताजपुरियाले बताउनु भयो । ताजपुरियाका अनुसार माछाको भुरा उत्पादन र बजारमा सरकारले ध्यान दिने हो भने झापा पनि माछामा आत्मानिर्भर बन्ने बताउनु भयो ।

माछा पालनमा किसानको आकार्षण बढ्न थाले पछि स्थानीय स्तरमा माछाको भुरा उत्पादनमा समेत जोड दिन थालिएको छ । यो बर्ष माछाको नर्सरी संचालनका लागि आवश्यक सहयोग समेत दिने कार्याक्रम थालिएको भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईले बताउनु भयो । भट्टराईका अनुसार यो बर्ष दुई वटा फार्मलाई ५ लाख रुपयाँका दरले अनुदान उपलव्ध गराइएको छ ।

अर्जुनधारा, गौरादह, कमल, कचनकवल, हल्दिबारी र मेची नगर नगरपालिकामा किसानलाई प्रोत्साहन गर्न माछा ब्लकका कार्याक्रमहरु संचालन गरिएका छन् । तर अझै पनि उन्नत माछाको भुरा जिल्लामा उत्पादन नभएकाले किसानहरु अन्यत्र भर पर्नु बाध्यता रहेको मत्स्य प्राविधिक कल्पना अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार कार्प र पंगास जातका माछाका भुराहरु जिल्लामा ६ स्थानमा उत्पादन हुँदै आएको भए पनि यथेष्ट नभएको र गुणस्तर भुरा उत्पादन हुन नसकेको किसानले गुनासो पोख्ने गरेको बताउनु भयो ।

झापामा ३ सय ६५ हेक्टर क्षेत्रफलमा माछा पालन हुँदै आएको छ । बर्षेनी माछा पालनको क्षेत्र विस्तार हुँदै गएको अवस्थामा सरकारकै अपनत्वमा उन्नत माछाको भुरा उत्पादनमा जोड दिनु पर्ने किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ९८ लाख रुपैयाँसहित २ जना पक्राउ
Next post अवैध दोहनले बर्षेनी चुरे जोखिममाः स्थानीय जनप्रतिनिधिकै मिलेमतोमा दोहन गरिँदै