झापामा अवैध काठ र गाडी लिलामबाट ३४ लाख राजश्व

८ जेष्ठ २०८१,झापा

१० बर्ष देखि अवैध कार्यमा प्रयोग भएर थन्किएका गाडी र काठ पछिल्लो समय लिलाम प्रकृयाबाट विक्री गर्न थालिएको छ । डिभिजन बन कार्यालय झापाले अदालती प्रकृयाबाट पुराना गाडी र अवैध काठ विक्री गर्न थालेको हो ।

हालै मात्र पहिलो चरणमा झण्डै ३४ लाख मुल्यको काठ र गाडी लिलाम भएको डिभिजन बन कार्यालयले जनाएको छ । १० वटा गाडीबाट ६ लाख र २ हजार ३ सय ५५ क्यूफिट काठबाट २७ लाख ७९ हजार राजश्व संकलन भएको डिभिजन बन कार्यालय झापा प्रमुख मेघराज राईले बताउनु भयो । राईका अनुसार अझै कार्यालयमा रहेका काठ तथा गाडीको लिलामी प्रकृया गरिने छ । केही गाडीहरु अति पुरानो भएकाले कवाडीमा लिलामी गर्नु पर्ने अवस्था रहेको छ ।

अदालती प्रकृयाको झनझट र मुद्धा प्रकृयाको फैसला ढिलो हुने कारणले अझै पनि ५० वटा भन्दा धेरै गाडीहरु बन कार्यालयमा रहेका छन् । कवाडीमा विक्री गर्दा पनि १ करोड बढी मुल्यका पुराना गाडीहरु थन्किएकाले दोस्रो चरणको लिलामी प्रकृया थालिने डिभिजन बन कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
Next post पूर्वाधार विकासका लागि बजेट नरोक्न पूर्व प्रधानमन्त्री ओलीको अनुरोध