मेची भन्सारमा लक्ष्य भन्दा कम राजश्व असुली

९ जेष्ठ २०८१/झापा
आयात कम हुन थाले पछि काँकडभिट्टा नाकामा भन्सार असुली लक्ष्य भन्दा कम हुने देखिएको छ । पूर्वी नेपालको दोस्रो ठूलो नाकाको रुपमा रहेको मेची भन्सारबाट चालु आर्थिक बर्षको १० महिना वैशाखसम्म ७७ दशमलव ७२ प्रतिशत भन्सार अलुसी भएको छ । खासगरी पेट्रोलियम पदार्थको आयात घट्टेसँगै भन्सार असुलीमा प्रभाव परेको भन्सार कार्यालयका सूचना अधिकारी गणपति कडेलले बताउनु भयो । लक्ष्य नभेटाए पनि अघिल्लो बर्षको तुलनामा भने राजश्व असुली बृद्धि भएको उहाँले बताउनु भयो ।
१८ अर्व भन्सारको लक्ष्य रहेकामा हालसम्म साढे ११ अर्व भन्सार असुली भइसकेको छ । यो बर्ष सवै भन्दा धेरै साढे १२ प्रतिशत कम डिजेल आयात भएको छ । यस्तै सवै प्रकारका तरकारी झण्डै १५ प्रतिशतले आयात घटेको मेचि भन्सार कार्यालयले जनाएको छ । तर यस बर्ष अघिल्लो बर्षको तुलनामा भन्सार असुली केही बढेको हो । अघिल्लो बर्ष ७० प्रतिशत हुँदा हालसम्म ७७ प्रतिशत राजश्व संकलन भइसकेकाे भन्सार अधिकृत कडेलले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पूर्वाधार विकासका लागि बजेट नरोक्न पूर्व प्रधानमन्त्री ओलीको अनुरोध
Next post विदेशी सुपारीले किसान तथा व्यवसायी मारमा: कराेडाैं मुल्यका सुपारी गाेदाममै थन्कियाे