पूर्वाधार निर्माण क्षेत्रमा समेत बृक्षारोपणमा जोड दिइनेः एक लाख विरूवा राेपाइ विस्तार हुँदै

१९ जेठ २०८१/झापा
कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री गणेश प्रसाद उप्रेतीले दमकमा थालिएको १ लाख विरुवा रोपाईलाई अझ विस्तार गर्न जोड दिनु भएको छ । आज दमक वडा नं. ४ को विभिन्न भागमा वृक्षारोपणमा सहभागी भई उहाँले महेन्द्र राजमार्गमा काटिएका रुखको स्थानमा पनि राम्रा प्रजातिको विरुवा रोपिने सम्झौता अनुसार रुख कटान भएको बताउनु भएको छ ।
यस्तै माओवादी केन्द्र दमक नगर कमिटिको आयोजनामा थालिएको १ लाख फलफुलको विरुवा रोप्ने कामलाई समेत सवैले साथ दिनु पर्ने उहाँले बताउनु भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गको स्तारोन्नती गरी ४ ल्याण्ड बनाउँदा काँकडभिट्टा देखि लौकहीसम्म पूर्वी खण्डमा मात्र ४ हजार ७ सय वटा रुख कटान भएको डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनु भयो ।

यस्तै दमक वडा नं. ४ मा बृक्षारोपणको औपचारिक उद्घाटन कार्याक्रममा केन्द्रिय सदस्य रन्जित तामाङ र हरि राना मगरले विभिन्न पार्टीका १ सय ५० जनालाई माओवादी केन्द्र पार्टीमा सम्मान गर्दै प्रवेश गराउनु भएको सो वडाका संयोजक डम्बर पुलामी कर्माले जानकारी दिनु भयो ।
कार्याक्रममा केन्द्रिय सदस्य रन्जित तामाङले माओवादीले थालेको एक लाख विरुवा रोपण कार्याक्रमलाई सवै लागेर सफल बनाउन सकिए जनतालाई उत्पादनसँग जोड्ने देखि पर्यावरण संरक्षणमा समेत राम्रो काम हुने बताउनु भयो ।
जिल्ला संयोजक राजु आचार्य अग्नि, केन्द्रिय सदस्य हरि राना र पार्टीमा प्रवेश गर्नु भएका नयाँ सदस्यहरुले पार्टीको विकासमा श्रम दिन तयार हुनु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post १२ लाखको सुपारी सहित चालक र गाडी नियन्त्रणमा
Next post मेची भन्सारबाट छुर्पीको निर्यात दोब्बरले बृद्धि