
मेची भन्सारबाट छुर्पीको निर्यात दोब्बरले बृद्धि
१९ जेठ २०८१/झापा
तेस्रो मुलुकमा पशु आहाराको रुपमा प्रयोग हुने दुधबाट बनाइने नेपालको छुर्पी यो बर्ष दोब्बर बढी परिमाणमा निर्यात भएको छ । पूर्वी नेपालको मेचीभन्सार नाकाबाट यो बर्ष १० महिनाको अवधिमै १ अर्व २० करोड मुल्यको छुर्पी निर्यात भएको छ । अघिल्लो आर्थिक बर्षमा ५६ करोडको मात्र निर्यात भएकोमा यो बर्ष १ सय १५ प्रतिशत बढी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कडेलले बताउनु भयो ।
तौलको हिसाबमा अघिल्लो बर्ष ३ लाख केजी छुर्पी निर्यात हुँदा यो बर्ष ६ लाख ३७ हजार केजी छुर्पी निर्यात भएको छ ।
नेपालमा दुध प्रशोधन गरी विभिन्न परिकार बनाउने डेरी उद्योग संचालनमा आउन थाले पछि छुर्पी बनाउने काम गाउँघरमा समेत हुन थालेको छ । छुर्पीको निर्यात बढे पछि किसानलाई समेत लाभ पुगेको छ ।
More Stories
निर्माण पुरा नहुँदै कन्काइ पुल मर्मतः भारवहन क्षमता परिक्षण गरिने (फाेटाे फिचर)
३ चैत्र २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुल निर्माण पुरा नहुँदै...
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५...
बनेका संरचना भत्किन थाले पछि दमक रवि चिसापानी सडकमा समस्या (फाेटाे फिचर)
२८ फाल्गुण २०८१/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकको ठेक्का तोडिएसँगै निर्माण भएका संरचना समेत भत्किन थालेका...
अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन
२५ फाल्गुण २०८१/डिकेश लामा भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च...