रुख नहटाइएका कारण मदन मार्ग निर्माण ढिलाइ हुँदा समस्या (फाेटाे फिचर)

२० जेष्ठ २०८१/डिकेश लामा

नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग अन्तर्गत झापामा निर्माणको काम समयमा नसकिँदा समस्या भएको छ । सडक क्षेत्रमा पर्ने रुखहरु नहटाइएका कारण सडकले पूर्णता नपाउँदा बर्षात लागेसँगै समस्या हुन थालेको छ । पूर्वी नेपालको भारतीय सिमा नजिक मेची चौक देखि ३ बर्ष अघि लागेको मदन मार्गले गति लिन सकेको छैन । तोकेको म्यादमा समेत सडक बन्न नसके पछि बर्षातमा समस्या हुने स्थानीय बासिन्दाले गुनासो गर्न थालेका छन् । बुद्धशान्ति गाउँपालिका रोहित गड्तौलाका अनुसार बर्षा अगावै ग्राभेल नभए हिलोका काराण समस्या भएको बताउनु भएको छ ।

त्यसो त मेचि चौक देखि यता १० किलो मिटर सडक गएको पुस महिनामै निर्माण सक्नु पर्ने हो । तर रुख नहटाइएका कारण आफूहरुलाई काम गर्न असज भएको निर्माण कम्पनि मोतिदान कन्ट्रक्सनका इन्जिनियर प्रल्हाद ढुङ्गानाले बताउनु भयो । कोशी प्रदेशमा १ सय २८ किलो मिटर मध्ये ९८.८ किलो मिटर सडक ठेक्का लागि ७ वटा प्याकेजमा काम भइरहेको छ । जसमध्ये ५ वटा प्याकेजको म्याद सकिएको छ । तर पनि सडकले पूर्णता नपाउँदा समस्या आएकाले संघीय सरकारले तत्काल ध्यान दिनु पर्ने बुद्धशान्ति गाउँपालिकाका प्रबक्ता अनिल वाग्लेले बताउनु भयो । वाग्लेका अनुसार म्याद सकिँदा पनि कामले पूर्णता नपाउँदा समस्या भएको छ ।

खासगरी रुखका काराण कामले तिव्रता पाउन सकेको छैन । १० अर्वको दायित्व रहेको राजमार्गमा हालसम्म ६३ प्रतिशत हाराहारीमा काम सकिएको आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मेची भन्सारबाट छुर्पीको निर्यात दोब्बरले बृद्धि
Next post दमकमा स्वास्थ्य परिक्षणसँगै फलफुलका विरुवा वितरण