गौरादहको पुरानो पोखरीलाई पर्यटनसँग जोड्ने प्रयास (फाेटाे फिचर)

४ बर्ष अघि पाेखरीकाे अवस्था

२९ जेष्ठ २०८१/डिकेश लामा

झापाको गौरादह नगरपालिकामा रहेको पुरानो पोखरीलाई ३० करोड लगानीमा पर्यटनसँग जोड्ने काम थालिएको छ । परापूर्व कालदेखि नै अस्तित्वमा रहेको पोखरीलाई पार्क र बोटिङ्ग सहितको पर्यटन क्षेत्र बनाउने काम थालिएको हो । गौरादह नगरपालिकामा रहेको पुरानो पोखरी १२ विगाह क्षेत्रफलमा फैलिएको छ । कोशी प्रदेशकै ठूलो भनेर पालिकाले दावी गर्दै आएको पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने प्रयास लामो समय देखि हुँदै आइएको छ ।
यस अघि पोखरी संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिले प्रदेश सरकारको सहयोगमा घेरावाराको गरेको थियो । तर विवादका कारण विनियोजित २ करोड बजेट समेत खर्च हुन सकेन । विवादले काम रोकिएको पोखरीलाई अव भने पर्यटनसँग जोड्ने योजना थालिएको नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार अव हरेक बर्ष प्रदेश सरकारको सहयोग लिएर भए पनि केही बर्षमा पोखरी क्षेत्रलाई पर्यटकीय क्षेत्ररुपमा विकास गरिने बताउनु भयो ।

संरक्षणको अभावमा मानव बस्तीको अतिक्रमण र फोहोरले पुरिन थालेको पोखरी अहिले भने केही सुरक्षित बनेको छ । पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यो बर्ष ३ करोड बढी बजेटमा ठेक्काबाट काम गर्न थालिएको नगरपालिकाका प्रवक्ता पोखरी रहेको क्षेत्र गौरादह नगरपालिका वडा नं. १ का अध्यक्ष नगेन्द्र भण्डारीले बताउनु भयो ।

४ बर्ष अघि पाेखरीकाे अवस्था

पोखरीको क्षेत्रमा तारजाली र वरिपरी १० मिटरको सडक बनाइदैछ । यस बाहेक छट पुजा देखि अन्य वैदिक कार्य गर्न समेत सहज होस् भन्ने हेतुले निर्माण थालिएको काम तोकिएको म्याद अगावै सकिने निर्माण कम्पनि डीजे निर्माण सेवाका प्रबन्धक जिवन रिजालले बताउनु भयो ।

पोखरी ऐतिहासिक र पर्यावरण संरक्षणको ठूलो हिस्सा भएकोले नगरपालिकाले ३० करोड बढीको लागतको विस्तृत परियोजना प्रतिवेदन तयार पारी काम थालेको हो । प्रदेश र संघीय संरकारले निरन्तर सहयोग गरी पोखरीलाई पर्यटकीय क्षेत्र बनाए प्रर्यावरणको संरक्षणसँगै बजार क्षेत्रको समेत विकास हुने स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ३ दिन अगाडि नै पूर्वबाट भित्रियो यसवर्षको मनसुन प्रणाली
Next post नेपालकै सवै भन्दा धेरै खेती हुने झापामा मकै उत्पादनसँगै मुल्य बढ्दा किसान उत्साहित(फाेटाे फिचर)