नेपालकै सवै भन्दा धेरै खेती हुने झापामा मकै उत्पादनसँगै मुल्य बढ्दा किसान उत्साहित(फाेटाे फिचर)

३० जेठ २०८१/बालदिवश तामाङ

नेपालमा सवै भन्दा धेरै मकै उत्पादन हुने झापा जिल्लामा यस बर्ष उत्पादनसँगै मुल्य समेत बढेको छ । गत बर्ष मुल्य घटेर मारमा परेका किसान यस बर्ष राम्रो मुल्य पाए पछि खेतीमा समेत उत्साहित भएका छन् । गत बर्ष २ हजार देखि २५ सय रुपयाँ प्रति क्विन्टल मकै विक्री गर्दै आएका किसानले यो बर्ष ३ हजार २ सय रुपयाँसम्म विक्री गर्न थालेका छन् । मकैमा मुल्य बृद्धि भए पछि किसानहरु खेतीमा थप उत्साहित भएका छन् ।

त्यसो त यो बर्ष विगत बर्ष भन्दा राम्रो मकै उत्पादन भएको छ । राम्रो मकै फल्दा किसानले प्रति विगाह २ लाख रुपयाँसम्म आम्दानी हुने गरेको बताएका छन् । झापा गाउँपालिका वडा नं. ५ का किसान शोहन राजवंशीले यो बर्ष ५ विगाह क्षेत्रफलमा मकै खेती गर्नु भएको छ । राजवंशीका अनुसार यो बर्ष वेलैमा मल र विऊ सहज प्राप्त गरेकाले उत्पादन समेत बढेको बताउनु भयो ।

जिल्लामा एकै जना किसानले २० देखि ४० विगाहसम्म खेती गर्ने गरेका छन् । संघीयता पछि सरकारले मकै खेतीमा अनुदान समेत उपलव्ध गराउन थाले पछि क्षेत्रफलसँगै उत्पादन समेत बृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । यस बर्ष विभिन्न स्थानमा गरेको क्रप कटिङको रिर्पोट अनुसार दक्षिणी क्षेत्रमा प्रति हेक्टर १३ मेट्रिक टनसम्म उत्पादकत्व रहेको छ । बर्षेनी झापामा मकै खेती र उत्पादकत्व समेत बढ्दै गएको विष्टले बताउनु भयो ।

५ बर्ष यताको तथ्याङ्क हेर्ने हो भने झापामा हरेक बर्ष झण्डै १ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकै खेती विस्तार हुँदै गएको छ । आर्थिक बर्ष २०७६÷०७७ मा ३६ हजार हेक्टर क्षेत्रफलमा मकै खेती भएको जिल्लामा पछिल्लो समय ४४ हजार हेक्टरमा मकै खेती हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गौरादहको पुरानो पोखरीलाई पर्यटनसँग जोड्ने प्रयास (फाेटाे फिचर)
Next post झापामा चैते धानको मुल्य घट्दा किसान मारमा