झापामा चैते धानको मुल्य घट्दा किसान मारमा

३१ जेठ २०८१/डिकेश लामा

गत बर्ष चैते धानले मुल्य पाए पछि खेतीमा हौसिएका किसानले यो बर्ष उचित मुल्य पाउन सकेका छैनन् । सरकारले तोकेको चैते धानको समर्थन मुल्य भन्दा कम भए पछि किसानहरु मारमा परेका छन् ।
अगुवा चैते धानको मुल्य प्रति मन १ हजार २ सय ५० रुपयाँसम्म विक्री गरेका किसानहरु पछिल्लो समय मुल्य घटे पछि मारमा परेका छन् । व्यापारीको हातमा मुल्य भए पछि किसानहरुले यतिखेर भनेको मुल्यमा धान विक्री गर्न सकेका छैनन् ।

झापा जिल्लामा यो बर्ष चैते धान विगत बर्ष भन्दा धेरै खेती भएको छ । गत बर्ष मुल्य बृद्धि भए पछि बढेको खेतीले यो बर्ष उचित मुल्य पाउन नसक्दा समस्या भएको ठूलो क्षेत्रमा चैते धान खेती गर्दै आएको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनु भयो । शुरुमा १२ सय ५० सम्म विक्री गरेका किसानले अहिले एक हजार मुल्यमा समेत विक्री गर्न पाएका छैनन् । यस बर्ष पानी पर्न थाले पछि व्यापारीले कृतिम तवरबाट बजार मुल्य घटाएको समेत उहाँले आरोप लगाउनु भयो ।

एक बर्ष मुल्य आउने र अर्को बर्ष मुल्य नपाउनाले किसानले गर्दै आएका खेतीलाई समेत छाड्ने गरेका छन् । यसका लागि स्थानीय सरकारले समेत उचित मुल्य निर्धारण गर्ने व्यवस्था मिलाउन आफूहरुले पहल थालेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । अगुवा चैते धानले राम्रो मुल्य पाएको भए पनि यो बर्ष खास सिजनमा चैते धानको मुल्य घटेको छ । अहिले बजारमा ८ सय ५० सम्म भन्न थालेको उहाँले बताउनु भयो । तर यो बर्ष कन्काई सिंचाईले छोएको माइ पश्चिमका ४ वटा पालिकामा मेशिनबाट रोपेको ७० विगाहको धान भने कम्तिमा ९ सय रुपयाँमा किन्ने सम्झौता पालिकाहरुको समन्वयमा भएको उहाँले बताउनु भयो ।

जिल्लामा झण्डै २० हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती हुँदै आएको छ । तर उचित बजार नहुँदा किसानहरु बर्षेनी मारमा पर्ने गरेको उनीहरुको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालकै सवै भन्दा धेरै खेती हुने झापामा मकै उत्पादनसँगै मुल्य बढ्दा किसान उत्साहित(फाेटाे फिचर)
Next post झापा सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने