इजरायली राजदुतबाट दमकको कृषि फार्मको अवलोकन

कृषि जीवन जिउने बाटो होः इजरायली राजदुत गोडर


४ चैत्र २०७७/डिकेश लामा
कृषि कुनै शोख नभई एउटा व्यवसाय हो । यो व्यापार हो । जीवन जिउने बाटो हो । जसमा जति मेहनेत गर्यो उति राम्रो हुने नेपालका लागि इजरायली राजदुत हानान् गोडरले बताउनु भयो । मंगलबार झापाको दमकमा रहेको मानसरोवर सहकारी संस्थाले संचालन गरेको प्राङगरिक कृषि फार्मको अवलोकन भ्रमण गर्दै राजदुत गोडरले इजरायलमा ७० बर्ष अघिसम्म खाद्यन्यको अभाव रहेको र हाल आएर निर्यात समेत गर्न सक्ने भएको उहाँले बताउनु भयो ।


नेपाल सरकारको लाखौं रुपयाँ अनुदानमा संचालित मान सरोवर कृषि सहकारीले गरेको कृषि फार्मको राजदुत गोडरले अवलोकन गर्दैै आधुनिक तवरबाट उत्कृष्ट ढंगबाट खेती भएको भन्दै प्रंशसा गर्नु भयो ।


अवलोकन भ्रमणमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाई झापाका प्रमुख रविन्द्र सुवेदी, कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंह लगायतले कृषिको आधुनिकरणमा अर्गानिक उत्पादनको आवश्यकता भएकोले सवैले यसमा जोड दिनु पर्ने बताएका छन् ।

अवलोकन पछि संस्थाका अध्यक्ष विश्व बरालको अध्यक्षतामा बसेको औपचारिक कार्याक्रममा संस्थाले राजदुतलाई नेपालको पहिचान खुल्ने खुकुरी सहितको मायाको चिनो प्रदान गरिएकोछ । यस्तै राजदुतले इजरायलबाटै लिएर आउनु भएको कृषि उत्पादनबाट बनेको सामान संस्था र दमक नगरका प्रमुख ओलीलाई हस्तान्तरण गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५५ निकाे, ९४ संक्रमित
Next post झण्डै १७ लाख जेष्ठले लगाए खाेप