पूर्वी नेपालमा तरकारीबालीको उत्पादन बढेसँगै भारतबाट हुने आयातमा गिरावट

३२ जेष्ठ २०८१/बालदिवश तामाङ

स्वदेशी तरकारीबालीको उत्पादन बढ्दै जान थाले पछि यस बर्ष भारतबाट आयात समेत घटेको छ । गत बर्ष भन्दा यो बर्ष झण्डै २५ करोड मुल्यको तरकारी आयात घटेको छ ।

पूर्वी नेपालको मेची भन्सारबाट गत बर्ष १० महिनामा १ अर्व ६१ करोडको तरकारी आयात भएको थियो । तर यो बर्ष १ अर्व ३६ करोड मुल्यको तरकारी आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कडेलले बताउनु भयो । कडेलका अनुसार स्वेदशमा उत्पादन बढेर या उपभोक्ताले भारतीय सागसब्जी भन्दा स्वदेशीलाई प्राथमिकता दिएकाले हो यो बर्ष तरकारीबालीको आयात घटेको छ ।

विगत ५ बर्ष यता झापामा समेत बर्षेनी तरकारीबालीको उत्पादन बढ्दै गएको छ । झापा लगायत पूर्वी नेपालका अन्य जिल्लामा समेत उत्पादन बढ्दै गए पछि विदेशी उत्पादनको आयात कम हुँदै गएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार झापा लगायत पूर्वी नेपाल इलाम, मोरङ्ग, धनकुटा लगायतमा उत्पादन बृद्धि हुँदै गएकाले पनि भारतबाट आयात हुने सागसब्जीको आयात घटेको बताउनु भयो ।

जिल्लामा पछिल्लो समय केही स्थानीय तहले तरकारीको न्यूनतम मुल्य तोकेर स्थानीय स्तरमै संकलन गरी बजारीकरण समेत गर्न थालेका छन् । दमक नगरपालिका वडा नं. ९ मा अर्गानिकोन्मुख खेती गर्दै आएको सेतुमारी कृषि सहकारी संस्थाले मात्र २ महिनामा झण्डै ६ लाख मुल्यको सागसव्जी विक्री गरेको संस्थाका व्यवस्थापक दिपक खनालले बताउनु भयो । खनालका अनुसार ८५ जना किसानले अर्गानिकोन्मुख तरकारीबाली उत्पादन गरी सहकारीमा संकलन गरेर बजारिकरण थालेको बताउनु भयो ।

गर्दा स्वदेशमा पनि तरकारीबालीबाट आम्दानी गर्न थाले पछि किसानहरु पछिल्लो समय खेतीमा आकार्षित बन्दै गएका छन् । यस्तो वेला सरकारले बजार सुनिश्चित गर्ने हो भने तरकारी खरिदमा भारत जाने करोडौं रकम स्वदेशमै राख्न सकिने किसानहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापा सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने
Next post ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु