ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

३२ जेष्ठ २०८१, ताप्लेजुङ– ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिका– २ खेजेनिमको तिङ्दुमा माथिबाट झरेको पहिरोले घर बगाउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्राका बुबा ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, रामबहादुरकी ४८ वर्षीया श्रीमती जसमाया लिवाङ र उनीहरूका दुई जुम्ल्याहा छोरीहरू १० वर्षीया गंगा र जमुना रहेको प्रहरी प्रमुख रवि रावलले जानकारी दिनु भएकाे छ ।

यसैगरी खेजेनिम माविछेउमा ४० वर्षीय युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी पहिरोले बगाउँदा सक्त घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले जानकारी दिनु भयाे  । युगेनलाई घरमाथिबाट आएको पहिरोले बगाएको हो । दुवै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी प्रमुुख डिएसपी रावलले रातको समयमा पहिरो गएको र निद्रामा भएकाले उक्त परिवारका सदस्यहरू भाग्न नपाएको हुन सक्ने बताउनु भयाे । मृतक चारजनाको शव भेटिएको समेत डिएसपी रावलले बताउनु भयाे । ताप्लेजुङमा बुधबारबाट लगातार वर्षा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पूर्वी नेपालमा तरकारीबालीको उत्पादन बढेसँगै भारतबाट हुने आयातमा गिरावट
Next post कोशी प्रदेशको ३५ अर्ब २७ करोडको बजेट प्रस्तुत [पूर्ण पाठ सहित ]